निद्रा लागेन ? तुरुन्तै निदाइन्छ यस्ता विधिले
कुनै बेला हामी ओछ्यानमा गएर पनि लामो समयसम्म निदाउन सक्दैनौँ । निद्रा नलाग्दा ओछ्यान हामी कहिले यता फर्किन्छौं त कहिले उता फर्किन्छौं ।
राम्रो निद्रा वा गहिरो नलाग्दा हामीलाई धेरैपटक छटपटीको महशुस हुन्छ र अर्काे बिहान पनि यसको असर देखिन थाल्छ । धेरै मानिहरूले निद्रा ल्याउनको लागि औषधिको सेवन गर्ने गर्दछन् । लामो समयसम्म निद्राको लागि धेरै औषधिको सेवन गर्नाले विभिन्न थरिका रोग लाग्नुका साथै खतरा पनि बढ्छ ।
यो समस्याको समाधानका लागि बिना साइड इफेक्ट र नेचुरल ट्रिक अपनाई केही मिनेटमै गहिरो निद्रामा सुत्न सक्नुहुन्छ ।
शयन विधि, जसले तपाईंलाई सुताउँछ केही समयमै
१. आफ्नो पूरै अनुहारलाई फ्रेस राख्नुहोस् । अनुहारको सबै माशंपेशी पूरै आराम पोजिसनमा हुनुपर्दछ ।
२. सासलाई बाहिर छाड्ने गर्नुहोस्, जसले गर्दा तपाईंको छातीलाई आराम मिलोस् । यो बेला खुट्टालाई आरामको पोजिसनमा राख्नु राम्रो हुन्छ ।
३. तनावमुक्त हुनका लागि पहिले आँखीभौंलाई उठाउनुहोस् र पाँच सेकेन्डसम्म आराम राख्नुहोस् जसले माशंपेशीलाई आराम दिन्छ ।्
यी कुराहरूलाई ध्यानमा राख्नुहोस्
१. सुत्नेबित्तिकै बत्ती निभाउनुहोस्, शयनकक्षलाई सकेसम्म अँध्यारो राख्नुहोस् । यसले छिट्टै निदाउन मद्दत गर्छ ।
२. दिउँसो सुत्ने बानीले शरीरमा बाधा पुग्छ । जसले राति छिटो र राम्रोसँग सुत्न दिँदैन ।
३. दिनको समयमा व्यायाम गर्दा राम्रो निद्रा आउँछ, तर सुत्नुभन्दा अगाडि भने एक्सरसाइज गर्नु हुँदैन ।
४. सुत्नुभन्दा अगाडि मोबाइल, टीभीको प्रयोग गर्दा पनि निद्रामा समस्या आउन सक्छ । सुत्नुभन्दा अगाडि कम्तिमा ३० मिनेटबाट मोबाइल, टीभीको प्रयोग गर्नुहँुदैन ।
५. कफीले हाम्रो शरीरलाई शर्तक बनाउँछ जसले गर्दा निद्रामा असर पुर्याउँछ । त्यसैले, सुत्नुभन्दा चार घण्टा अगाडिदेखि चिया कफी जस्ता चिजको सेवन गर्नु हुँदैन ।
६. धेरै चिन्ता र तनावका कारण निद्रामा समस्या आउँछ । यसका लागि ध्यान र योग गर्नुपर्छ, जसले तनावमुक्त भइन्छ, र राम्रोसँग निदाउन सकिन्छ ।
यो पनि…
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
जाडोमा श्वास प्रश्वास सम्बन्धी समस्याबाट कसरी बच्ने ?