यी हुन् बुलेटप्रुफ गाडी चढ्ने बलिउड सेलिब्रेटी
बलिउडका सेलिब्रेटीहरू आफ्नो व्यावसायिक कामबाहेक बिलासी जीवन बिताउन उत्तिकै चर्चित छन् । उनीहरू लक्जरी गाडीमा सवार हुन मन पराउँछन् । बलिउडका केही कलाकारसँग त बुलेटप्रुफ गाडी नै छ ।
अभिनेता आमीर खानसँग मर्सिडिज एस ६०० गार्ड नामको बुलेटप्रुफ कार छ ।

यस्तै, बलिउडकी बोल्ड अभिनेत्रीमध्ये एक कंगना रनावतसँग बीएमडब्ल्यू ७ सिरिज गार्ड कार छ । जुन आफैंमा बुलेटप्रुफ हो ।

ग्लोबल स्टार प्रियंका चोपडासँग रोल्स रोयस फेन्टम छ । जुन बुलेटप्रुफ हो । उनी भारत आएको बखत यही गाडीमा यात्रा गर्छिन् ।

बलिउडका किंग खान शाहरूख खानसँग कैयौं बिलासी गाडी छन् । तीमध्ये उनीसँग मर्सिडिज–बेञ्ज एस ६०० गार्ड बुलेटप्रुफ कार छ ।

अभिनेता तथा राजनीतिज्ञ सनी देओलसँग ओडी एड र रेञ्ज रोवर अटोबायोग्राफी जस्ता कैयौं बिलासी गाडी छन् । जबकि, उनलाई मनपर्ने गाडी ओडी हो, किनकि यो बुलेटप्रुफ छ ।

बलिउडका हेन्डसम हंक ऋतिक रोशनसँग मर्सिडिज बेञ्ज बी क्लास गाडी छ । जुन आफैंमा बुलेटप्रुफ हो ।

यो पनि
मलाइकासँग किन दूरी बढाउँदै छन् अर्जुन कपुर ?
कपिल शर्मा तनावमा !