English

हरिवंशको गीत हेरेर रोए आईजीपी



वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । हरिवंशलाई स्वरमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । राइजिङ मलस्थित क्युएस सिनेमा हलमा बिहीबार गीतको म्युजिक भिडियो देखाएर औपचारिक समारोहका बीच सार्वजनिक गरिएको हो ।

मानव बेचबिखनविरुद्ध सामाजिक सन्देश बोकेको गीतको भिडियो हेरेर उपस्थिति अतिथिका आँखा रसाएका थिए । १० मिनेट लामो भिडियोमा नेपाली चेलिबेटीलाई फकाएर, माया जालमा पारेर कसरी बेच्ने प्रयास गरिन्छ र कसरी उम्किन सफल हुन्छिन भन्ने कथा समेटिएको छ ।

भिडियो हेरेर नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, माइती नेपालकी संस्थापक अनुराधा कोइराला, कलाकारहरू मदनकृष्ण श्रेष्ठ, स्वयं अभिनय गरेका हरिवंश आचार्य, उनकी पत्नी रमिला, नायिका स्वस्तिमा खड्का, किरण केसीले आँसु थाम्न सकेनन् । सामाजिक सन्देश बोकेको गीतले भिडियोको कथाले सबैलाई भावुक बनायो ।

म्युजिक भिडियो हेरिसकेपछि बोलेकी अनुराधा कोइरालाले हेर्दाहेर्दै रून मन लागेको बताइन् । साथै भिडियोमा अन्तिममा स्वस्तिमा (मैना गुरागाईं)लाई बेचिनबाट बचाउँदा हरिवंशले पाएको स्याटिस्फेक्सन आफूले पनि बेला बेला चेली उद्धार गर्दा लिइसकेको कुरा सम्झिएको बताइन् । ‘यो बच्चाहरूलाई देखाउनुपर्छ । यो जनचेतना जगाउने मेरो लागि अर्को टुल हो,’ उनले भनिन् ।

सन्देशमुलक म्युजिक भिडियो हेरेर कलाकार मदनकृष्ण श्रेष्ठले पनि आँसु झारे । बेचविखनविरुद्ध सरकारको, प्रहरीको ध्यान पुग्नुपर्ने भन्दै यस्ता भिडियोले समस्या आउनुभन्दा अघि नै सचेत गराउने बताए ।

सन्देशमुलक म्युजिक भिडियो हेरेर कलाकार मदनकृष्ण श्रेष्ठले पनि आँसु झारे । बेचविखनविरुद्ध सरकारको, प्रहरीको ध्यान पुग्नुपर्ने भन्दै यस्ता भिडियोले समस्या आउनुभन्दा अघि नै सचेत गराउने बताए । ‘हाम्रो कामै सचेतना गराउने हो । यसले सहयोग गर्ने विश्वास छ,’ उनले भने ।

आईजीपी थापा क्षेत्रीले भिडियोमा बेचबिखन हुन लागेकी मैनाको उद्धारका लागि पुलिसको टाइम्ली इन्ट्री देखाइएकोमा धन्यवाद दिए । ‘यो भिडियोले आफ्नोपन दिन्छ । सामाजिक सन्देश प्रवाह गर्ने भिडियो, गाउँ गाउँ पुर्‍याउनुपर्छ,’ उनले भने ।

कलाकार आचार्यले गीतले सबैलाई छोएको बताए । ‘मेरो आँसु झरिरहेको थियो । श्रीमतीको पनि आँसु खसिरहेको थियो । आईजीपी साप पनि आँसु रोक्न खोज्दै हुनुहुन्थ्यो । त्यत्रो प्रहरीको आईजीपीले पनि महसुस गर्नुभयो,’ उनले भने, ‘अगाडि बसेका स्वस्तिमा, मदन दाई सबैको आँखा रसायो ।’

उनले माइती नेपाल र प्रहरीले रोक्न खोजे पनि नेपाली चेलीले नारकीय जीवन बिताउन बाध्य भएको बताए । ‘भारतमात्र होइन खाडीमासमेत नेपाली महिलाले हृदय विदारक जीवन विताउन बाध्य छन् । यसलाई निर्मुल, न्युनीकरण गर्नु हाम्रो उद्देश्य हो । मलाई गाउन मन लाग्यो । मैले कोरे,’ उनले भने, ‘माइती नेपाललाई पनि यो गीत अर्पण गर्दछौं । नेपाल प्रहरीलाई पनि अर्पण गर्दछौं ।’

आचार्यले यो गीत सुनिसकेपछि विदेश जान पाइला अगाडि बढाउँदा नेपाली महिलाले सोच्ने र सचेत हुने विश्वास लिएको बताए ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन