लामो समयसम्म यौन आनन्द लिन यसो गर्नुहोस्
यौनको भरपुर आनन्द लिनका लागि केही कुराहरू ध्यान दिन आवश्यक हुन्छ । हरेक विवाहित दम्पतीको मनमा यो प्रश्न हुन्छ कि कसरी लामो समयसम्म यौनको आनन्द लिने तर यो प्रश्न गलत छ कति समयसम्म सेक्स गर्ने भन्ने कुरा तपाईंमा निर्भर हुन्छ । प्रेम सम्बन्ध स्थापित गर्दा तीन मिनेटभन्दा बढी समय उत्तेजित हुन सकिँदैन भने यसमा शारीरिक समस्या वा सेक्ससम्बन्धी समस्या भएको हुन सक्छ । समस्याबाट मुक्त हुनका लागि यी कुरामा ध्यान दिन जरुरी छ ।
धेरै मात्रामा फलफूल र तरकारीको सेवन
अध्ययनले बताएअनुसार मांसाहारी पुरुषको तुलनामा शाकाहारी पुरुषहरूले धेरै वा लामो समयसम्म सेक्सको भरपुर आनन्द लिन सक्छन् । फलफूल वा तरकारी सेवन गर्नेहरूमा टन्न पौष्टिक तत्व मिल्ने भएकाले फलफूलले सेक्स क्रियाकलापमा थप ऊर्जा प्रदान गर्नका लागि सहयोग गर्दछ ।
चिनी कम खाने
सुगरको सेवनले सेक्स क्षमतालाई कम गर्दछ ।
ध्रुम्रपान नगर्ने
ध्रुम्रपानको सेवनले हाम्रो स्वास्थ्यलाई हानी मात्र नभई लिंगमा रक्तप्रवाह कम गर्छ । स्वास्थ्य फिजिसियन र मेडिकल सेक्स थेरापिस्टका अनुसार ध्रुम्रपानले हाम्रो अंग विकास मात्र नभई यौन कार्यमा पनि बाधा उत्पन्न गर्दछ ।
मदिरा सेवन कम गर्ने
मदिराको सेवनले हाम्रो मानसिक सन्तुलन बिग्रिन्छ । यसले गर्दा पनि सेक्स जीवनमा प्रभाव पार्दछ ।
पर्याप्त मात्रामा निद्रा
सिकागो विश्वविद्यालयका अनुसार लामो समयसम्म सेक्सको आनन्द लिनका लागि पर्याप्त निद्राको जरुरी हुन्छ ।
यो पनि…
गर्भावस्थामा सेक्स गर्दा यी कुरामा ध्यान दिऔं
पार्टनरसँग पहिलो रातको डर !