English

मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला



गाउँमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विराटनगरका दुई जना युवाले कृषि उद्यममा हात हालेका छन् । आठ करोडको लगानीमा विराटनगर-१२ का सञ्जय चापागाईं र गजेन्द्र शर्मा बञ्जराले सोही वडाको दरैया बस्तीमा कृषि उद्यम सञ्चालन गरेका हुन् ।

आठ महिनाअघिदेखि उनीहरूको उद्यम सञ्चालनमा आएको छ । उनीहरूको फार्ममा अहिले ५० वटा गाई छन् । फार्मले दैनिक आठ सय लिटर दूध उत्पादन गर्न थालेको छ ।

आउँदो वैशाख महिनादेखि दैनिक १५ सय लिटर दूध उत्पादन गर्ने गरी आफ्नो कामलाई तीव्रता दिएको चापागाईंले बताए । फागुनसम्ममा थप ५० माउ गाई थप गरेर १५ सय लिटर दूध बेच्ने उनले बताए । मामाभान्जाको फार्मको नाम भने बञ्जरा कृषि फार्म राखिएको छ । अहिले फार्ममा २५ देखि ४२ लिटरसम्म दूध दिने होलस्टेन जर्सी गाईहरू छन् । गजेन्द्र शर्मा भने चीनको एक होटेलमा काम गर्छन् ।

केही दिनभित्रै थप १५ वटा गाई भारतको पन्जाबबाट आइपुग्ने फार्मले जनाएको छ । तीन चरणमा ५० करोड लगानी गर्ने लक्ष्य राखेर आठ महिनाअघि शुरू गरेको कृषि फार्मले अटोमेटिक प्रविधिमा आधारित डेरी उद्योग सञ्चालनको तयारीसमेत शुरू गरेको छ । गाईलाई घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुनेलगायतका काम उपकरणबाट गरिने फर्म सञ्चालक सञ्जयले बताए ।

उपकरणबाटै गाई दुहुने गरेको छ । फार्म पूर्णरूपमा सञ्चालनमा आएपछि दैनिक पाँच हजार लिटर दूध र पाँच सय किलोग्राम तरकारी उत्पादन गरी बजारमा पठाउने योजना फार्मको छ ।

पाँच बिघा जमिनमा फैलिएको फार्ममा गाईसँगै सागसब्जीसमेत उत्पादन हुने गरेको छ । दैनिक पाँच हजार लिटर दूध र पाँच सय केजी अर्ग्यानिक तरकारी उत्पादन गरेर स्थानीय बजारमै पुराएर उनीहरूले बेचिरहेका छन् ।

२५ जनाले दैनिक रोजगारी पाइरहेको सञ्जयले बताए । दुग्धजन्य वस्तुको उत्पादन, गाईको ब्रिडिङ, दानाको रूपमा प्रयोग हुने साइलेज पूर्ण क्षमतामा उत्पादन गरी कृषकहरूलाई बिक्री गर्ने योजना रहेको उनले सुनाए । अर्ग्यानिक गड्यौले मल उत्पादन गर्ने तयारी तगारी गरिएको उनले बताए । तेस्रो चरणमा सन् २०२३ सम्म कुल लगानी ५० करोड पुर्‍याइने एग्रोको तयारी छ । हाइब्रिड बाच्छी उत्पादन गरेर किसानलाई उपलब्ध गराउने लक्ष्यसमेत लिएको उनले बताए ।

गाईको आहारका लागि देवानगञ्जका किसानहरूले ५० बिघा खेतमा लगाएको मकै किनेर ल्याएर साइलेज बनाउन दिने गरेका छन् । उनीहरूले वर्षमा दुईपटक मकै खेती गर्ने गरेका छन् । फार्मले मकै काट्ने र साइलेज बनाउने ‘मोबाइल मेसिन’ किसानको खेतमै पुर्‍याउने गरेको छ । खेतमा रोपेको मकै ८५औँ दिनमा काटेर साइलेज बनाइरहेको र आगामी दिनमा थप क्षेत्रफलका लागि किसानसँग सम्झौता गर्ने तयारी भइरहेको चापागाईंले बताए ।

यो पनि

बिजुली, सडक र पर्यटकीयस्थलको विकासले टेम्केमैयुङबासी दंग
आलुले पनि बनाउँछ आत्मनिर्भर



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।