English

वर्षेनी गैँडा मरेको मर्यै, सम्बन्धित निकाय भने मौन



चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २ सय ८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही बाढी र बाघको आक्रमणबाट मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सू्चना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले २०६५ असारदेखि हालसम्म निकुञ्ज र वरपरका क्षेत्रमा २ सय ८९ वटा गैंडा मरेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी गैँडा मरेका छन् । उक्त वर्ष मरेका ४३ गैँडामध्ये १३ वटा पोथी, नौवटा भाले तथा बाँकी गैँडाको लिङ्ग पहिचान गर्न नसकिएको तिवारीले बताए ।

सो वर्ष वयस्क गैँडाको धेरै मृत्यु भएको उल्लेख गर्दै सूचना अधिकारी तिवारीले धेरै गैँडाको मृत्युको कारण पत्ता लगाउन नसकिएको जानकारी दिए । वयस्क तथा वृद्धावस्थाका १६ वटा, पाँच वर्षमुनिका सातवटा तथा बाँकीको कङ्कालमात्रै भेटिएको कारण उमेर पत्ता लगाउन नसकिएको तिवारीको भनाइ छ ।

सोही वर्ष आठ गैँडा जुधेर, गोहीको आक्रमणबाट एउटा, सेफ्टी ट्याङ्कीभित्र खसेर एउटा, खाल्डोमा खसेर एउटा, बिरामी भएर एउटा, वृद्धावस्थाका कारण दुई तथा आठवटा गैँडाको मृत्युको कारण पत्ता लगाउन नसकिएको तिवारीले जानकारी दिए ।

चितवन निकुञ्जमा २०६५/०६६ मा १७, २०६६/०६७ मा २५, २०६७/०६८ मा १६, २०६८/०६९ मा १३, २०६९/०७० मा १० गैँडा मरेका थिए । त्यस्तै, आ.व २०७०/०७१ र २०७१/०७२ मा ११/११ वटा, २०७२/०७३ मा १४, २०७३/०७४ मा २५, २०७४/०७५ र २०७६/०७७ मा २६/२६ वटा, २०७७/७८ मा ३३ वटा गैँडा मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए ।

चितवन निकुञ्जमा २०६५/०६६ मा १७, २०६६/०६७ मा २५, २०६७/०६८ मा १६, २०६८/०६९ मा १३, २०६९/०७० मा १० गैँडा मरेका थिए । त्यस्तै, आ.व २०७०/०७१ र २०७१/०७२ मा ११/११ वटा, २०७२/०७३ मा १४, २०७३/०७४ मा २५, २०७४/०७५ र २०७६/०७७ मा २६/२६ वटा, २०७७/७८ मा ३३ वटा गैँडा मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए ।

उनका अनुसार चालु आवको हालसम्म १९ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा गैँडा चोरी शिकारी, प्राकृतिक कारणले तीनवटा, सिमसार तथा बालुवामा फसेर सात, एकापसमा जुधेर चार, बाघको आक्रमणबाट एक, दुईवटा गैँडाको कङ्कालमात्रै भेटिएका कारण मृत्युको कारण पत्ता नलागेको तिवारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जले गैँडा संरक्षणका लागि विभिन्न पहल गर्दै आएको भए पनि चोरी शिकारी नियन्त्रण गर्न भने असफल देखिएको छ । निकुञ्जले पछिल्लो साढे १३ वर्षको अवधिमा विभिन्न समयमा गरी तीनपटकसम्म शून्य चोरी शिकारी नियन्त्रण वर्ष मनाउन सफल भएको थियो । चोरी शिकारी शून्य बनाउन भन्दै निकुञ्जले मध्यवर्ती क्षेत्रको समुदायमा चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानसहित विभिन्न समूह तयार पारेर वर्षेनी ठूलो बजेट छुट्याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।

समुदायमा संरक्षणसम्बन्धी चेतना बढ्दै गएको भए पनि पछिल्लो समय चोरी शिकारीका कारण गैँडा मर्नुले निकुञ्जको सुरक्षा व्यवस्थामा भने प्रश्न उठेको छ । निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको टोलीले नै निकुञ्ज भित्रका विभिन्न ५८ स्थानमा राखिएको छ ।

त्यस्तै हिउँदको समयमा विभिन्न योजना थप गर्दै निकुञ्जभित्र सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय चितवनमा पर्ने भए पनि यो निकुञ्ज विभिन्न चारवटा जिल्लाको १२ वटा स्थानीय तहमा फैलिएको छ ।

चितवनका पाँच पालिका, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पाँच पालिका, मकवानपुर र पर्साको एक÷एकवटा स्थानीय तहमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जको जम्मा क्षेत्रफल ९५२ वर्ग किलोमिटर छ ।

यो पनि
विद्युत् विस्तारमा २५ हजार रूख काटिँदै, स्थानीयलाई चिन्ता
वर्षमा एकपटक नेपाल नआई मेरो चित्त बुझ्दैन : मेस्नर



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।