English

काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति छन् आईसीयू, भेन्टिलेटर ?



नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । राजधानी लगायत देशका अधिकांश अस्पतालका आईसीयू र भेन्टिलेटरमा संक्रमितको संख्या बढिरहेका छन् ।

यही गतिमा संक्रमण फैलिएमा देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई संवेदनशील बन्नसमेत आग्रह गरिसकेको छ ।

काठमाडौं उपत्यकामा सरकारले तोकेका १० कोभिड अस्पतालका जनरल बेड, आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या थपिँदै गएको मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।

उपत्यकाभित्र सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, भक्तपुर अस्पताल लगायतमा कोभिडको उपचार हुन्छ ।

हाल उपत्यकाभित्र सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, भक्तपुर अस्पताल लगायतमा कोभिडको उपचार हुन्छ । यी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क हुनेसमेत डा‍‍‍. अधिकारीले प्रष्ट पारे ।

हाल यी अस्पतालहरूमा ६ सय ४० जनरल बेड, एचडीयू ६ सय ६९ बेड, आइसीयू २ सय १५ बेड, भेन्टिलेटर १ सय ५७ वटा रहेका छन् । जसमध्ये, जनरल बेडमा १ सय ७४ जना, एचडीयूमा १ सय १२ जना, आईसीयूमा ३५ जना र भेन्टिलेटरमा १२ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कुन अस्पतालमा कति छन् बेड र बिरामी ?

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा जनरल बेड २५, एचडियु १ सय ५५, आईसियु २० र भेन्टिलेटर १२ बेड रहेका छन् । जसमा, एचडीयूमा २९ जना र आइसियुमा ५ जनाको उपचार भइरहेको छ ।

यसैगरी, छाउनीस्थित वीरेन्द्र्र अस्पतालमा जेनेरल बेड १ सय १०, एच.डि.यु एक सय, आई.सि.यु २५ र भेन्टिलेटर ८ बेड रहेको छ । उक्त अस्पतालको जनरल बेडमा १ सय ८ जना, एचडियुमा ३० जना र आइसियुमा ८ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, वीर अस्पतालमा जेनेरल बेड ७७, एचडीयु ९५, आईसियु ५९ र भेन्टिलेटर ५० बेड रहेका छन् । जहाँ जनेरल बेडमा १९ जना, एच.डी.युमा ११ जना, आई.सि.युमा ४ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

नेपाल प्रहरी अस्पतालमा एचडीयु १ सय बेड, आईसियु ३० बेड र भेन्टिलेटर ३० बेड रहेका छन् । एचडीयुमा १३ जना उपचाररत छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एचडीयु बेड ७६ वटा, आईसियु २४ वटा र भेन्टिलेटर २२ बेड रहेका छन् । जहाँ एचडियुमा ४, आइसियुमा २ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

यसैगरी, त्रिवि शिक्षण अस्पतालमा जनरल बेड २८, आईसियु १० र भेन्टिलेटर १० बेड रहेका छन् । जहाँ जनरल बेडमा १३ जना, आइसियुमा ५ जना र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।

ललितपुरस्थित पाटन अस्पतालमा जनरल बेड २२३ वटा, एचडीयू बेड ७३, आईसीयू २८ र भेन्टिलेटर १३ वटा रहेका छन् । जसमा जनरल बेडमा ११ जना, एचडीयूमा १७ जना, आईसियुमा ४ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

निजामती कमर्चारी अस्पतालमा जनरल बेड ५ वटा, एचडीयू ३५ वटा, आईसीयू १३ वटा र भेन्टिलेटर ६ वटा बेड छन् । जहाँ एचडीयूमा ८ र आईसीयूमा ६ जनाको उपचार भइरहेको छ ।

भक्तपुर अस्पतालमा जनरल बेड २२ वटा, एचडीयू १०, आईसीयू ६ र भेन्टिलेटर ६ बेड रहेका छन् । जसमा आइसीयूमा १ र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा जनरल बेड १ सय ५० वटा, एचडीयू २५ वटा रहेका छन् । जहाँ जनरल बेडमा २३ जनाको उपचार भइरहेको छ ।

हरेक अस्पतालले बिरामीहरूको सुविधाका लागि कोभिड फोकल पर्सन तोकेको छ । जसमा शसस्त्र प्रहरी बल अस्पतालका लागि डा. प्रवीण नेपाल फोकल पर्सन रहेका छन् । उनलाई ९८५१०१७५४२ मा सम्पर्क गरेर त्यहाँको बेड छ छैन बुझ्न सकिन्छ ।

बेडबारे बुझ्न कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने ?

हरेक अस्पतालले बिरामीहरूको सुविधाका लागि कोभिड फोकल पर्सन तोकेको छ । जसमा शसस्त्र प्रहरी बल अस्पतालका लागि डा. प्रवीण नेपाल फोकल पर्सन रहेका छन् । उनलाई ९८५१०१७५४२ मा सम्पर्क गरेर त्यहाँको बेड छ छैन बुझ्न सकिन्छ ।

यसैगरी, वीरेन्द्र अस्पतालमा कर्णेल डा. मुना थापा (९८४१८७६०८८), वीर अस्पतालमा डा. अच्युत कार्की (९८४१४४९२३२), प्रहरी अस्पतालमा डीआइजी डा. सुन्दर हैजु (९८४१२२५३५८), शुक्रराजमा डा. विमल शर्मा चालिसे (९८५६०२७९०५), त्रिवि शिक्षण अस्पतालमा राम विक्रम अधिकारी(९८५११८९९११) लाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यसैगरी, पाटनमा डा. आशिष श्रेष्ठ (९८५१०६१८४६), निजामतीमा डा. विदेश विष्ट (९८४१७६२१८०), भक्तपुर अस्पतालमा डा. सुमित्रा गौतम (९८५८०२३०४७), राष्ट्रिय आयुर्वेदमा डा. जितेन्द्र श्रेष्ठ (९८५११७६७७६) लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

यो पनि…
नेपालमा कोरोनाको अर्को लहर, के छ सरकारको तयारी ?
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।