English

‘जी ले जरा’मा कटरिना र विकी अनुबन्धित



एक्सल इन्टरटेनमेन्ट र टाइगर बेबीले निर्माण गर्ने फिल्म ‘जी ले जरा’मा अभिनेता विकी कौशल जोडिने भएका छन् । फरहान अख्तरको निर्देशन रहने यात्राको कथा समेटिने फिल्ममा यसअघि अभिनेत्रीहरुमा प्रियंका चोपडा जोनास, कटरीना कैफ र आलिया भट्ट फाइनल भइसकेका छन् ।

फिल्ममा फरहानले पनि अभिनय गर्नेछन् । फरहान र टिमले अभिनेता विकीलाई अभिनयको प्रस्ताव गरेका छन् । ‘विकी कौशललाई फिल्ममा कटरिना कैफको अपोजिटमा कास्ट गर्ने योजना बनाइएको छ । त्यसका लागि उनीहरुले विकीलाई प्रस्ताव पनि लाँदैछन् । यदि विकीले अभिनयको लागि स्वीकृति दिए भने विकी र कटरीना विवाह पछि पहिलोपटक एकसाथ यो फिल्ममा रोमान्स गर्नेछन् । जसकारण फिल्मको प्रमोसन गर्न सजिलो हुनेछ’, फिल्म निकट स्रोतले भनेको छ ।

फिल्मका लागि अर्को पनि एक अभिनेताको खोजी भइरहेको छ । फिल्मका प्रमुख पात्रमा तीन महिला हुने भएकाले अभिनेता खोज्न त्यति गाह्रो नपर्ने निर्माण पक्षको बुझाई छ ।

फिल्मको लेखक जोया अख्तर, फरहान अख्तर र रीमा कागती हुन् । यो फिल्ममा पहिलोपटक प्रियंका चोपडा, कटरीना कैफ र आलिया भट्ट स्क्रिन शेयर गर्दैछन् ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested