English

गर्भावस्थामा सेक्स गर्दा यी कुरामा ध्यान दिऔं



गर्भावस्था जोडीको लागि एकदमै महत्वपूर्ण समय हो । यो अवस्था एकदमै जोखिमपूर्ण पनि हो । केही जानीनजानी गल्ती गरेमा ठूलो नोक्सानी बेर्होनुपर्ने हुन्छ । गर्भावस्थामा सेक्स गर्नु, स्वास्थ्य र आउनेवाला बच्चालाई कतिको असर हुन्छ त ? के गर्भावस्थामा सेक्स गनु ठीक हो त ? यस्ता प्रश्नहरू तपाईंका मन आउन सक्छन् ।

– गर्भावस्थामा सेक्स गर्न रुचि बढेकोमा धेरै आश्चर्य लाग्न सक्छ । गर्भावस्थामा केहीलाई रुचि बढ्छ भने केहीलाई घट्दै जान्छ । यस्तो महशुस गर्नु सामान्य हो ।
– गर्भाशयको माशंपेसीमा बच्चा सुरक्षित हुन्छ । प्रसव पीडा नहुँदासम्म बच्चामा कुनै प्रभाव हुँदैन । सेक्स र गर्भ बस्नु दुवै प्राकृतिक हुन् । महिला पार्टनरले सेक्सप्रति रुचि देखाएमा यौन सम्बन्ध राख्न सक्नुहुन्छ ।
– महिला पार्टनरलाई सेक्सप्रति इच्छा नभएमा जबर्जस्ती गर्नुहुँदैन । यसो गरिएमा बच्चा र आमालाई मानसिकरूपमा हानी पुग्छ र समस्या निम्तिन सक्छ ।
– ‘गभार्वस्थामा सेक्स गर्दा गर्भपतन हुन्छ ?’ भन्ने प्रश्न तपाईंको मनमा आउन सक्छ । गर्भावस्थामा सेक्स गर्दा गर्भपतन हुँदैन । अधिकांश गर्भपतन भ्रूण सामान्य रूपबाट विकसित नहुँदा गर्भपतन हुने गर्दछ ।
– महिला पार्टनरको इच्छाविपरीत सामान्य अवस्थामा गरिएका सेक्स पोजिसन कोसिस नगर्नुहोस् । कुन पोजिसन महिला पार्टनरलाई सहज हुन्छ सोहीअनुसार सेक्स गर्नुपर्छ ।
– योनीबाट रक्तस्राव भएको अवस्था तथा दुखेका बेलामा सेक्स गर्नु राम्रो होइन ।

यो पनि पढ्नुहोस्
सेक्सका यी कुरा पार्टनरलाई सेयर गर्नुहोस्
यसरी पाउनुहोस् लभ बाइट्सबाट छुटकारा



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

Latest










Popular
Suggested