English

प्रधानाध्यापकबाट मिसेस ग्रान्ड इन्टरनेसनलसम्मको यात्रा (भिडियो पनि)



भैरहवाकी उर्मिला उप्रेती सिलवाललाई सानैदेखि सौन्दर्य प्रतियोगितामा सहभागी हुने रहर थियो । उनलाई शिक्षण पेसामा पनि उनको त्यतिकै रुचि थियो । शिक्षण पेसालाई अघि बढाउने सपना पूरा गर्दागर्दै उनको सौन्दर्य प्रतियोगितामा सहभागी हुने उनको सपना पछाडि छुट्यो ।

मिसेस ग्रान्ड इन्टरनेसनलले उर्मिलाको त्यो सपनालाई पूरा गरिदिएको छ । उनले शनिबार मिसेस ग्रान्ड इन्टरनेसनलको ताज पहिरिएकी छिन् । मिसेस ग्रान्ड इन्टरनेसनल नेपालको ताज पहिरिएसँगै म्यानमारको माण्डलेमा हुने ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’ नेपालबाट उर्मिला सहभागी हुने भएकी छिन् । ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’ मार्फत नेपाललाई विश्वसामु चिनाउने प्रयास गर्ने उनी बताउँछिन् ।

उर्मिला केही अघि रिबन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्ड २०२१ मा अन्तिम चरणसम्म पुग्न सफल भएकी थिइन् ।

उर्मिला लिटल बुद्ध इन्टरनेसनल मन्टेश्वरी स्कुलको प्रधानाध्यापक हुन् । महिला सशक्तीकरण र महिला शिक्षाको अभियानमा जोडिएकी उर्मिलाले पाँच जना बालिकाहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरेकी छिन् ।

उर्मिला लिटल बुद्ध इन्टरनेसनल मन्टेश्वरी स्कुलको प्रधानाध्यापक हुन् । महिला सशक्तीकरण र महिला शिक्षाको अभियानमा जोडिएकी उर्मिलाले पाँच जना बालिकाहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरेकी छिन् । आफ्नो यो अभियानलाई निरन्तरता दिने उनको लक्ष्य छ । ‘अहिले पाँच जना नानीहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छु विस्तारै त्यस संख्यालाई बढाउँदै लैजाने छु ’उनले भनिन् ।

हाम्रो देश नेपाल कला संस्कृतिमा एकदमै धनी छ । त्यसैले, हाम्रो संस्कृतिलाई विश्वसामु चिनाउने र महिला शसक्तीकरणको विषयमा आवाज उठाउने लक्ष्यको साथ उनी मिसेस ग्रान्ड इन्टरनेसनल २०२२ मा नेपालको प्रतिनिधित्व गर्दै छिन् । उनी भन्छिन्– ‘मेरो देशको संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्य लिएर तयारी गर्दै छु विजय भएर फर्कनको लागि सबैको साथ र सहयोग पाउने आशा गरेको छु ।’

दृढ आत्मविश्वास र लगातार मेहेनत गर्ने व्यक्तिले आफ्नो सपना पूरा गर्न सक्छ भन्ने उदाहारण बनेकी छिन् उर्मिला । सानै उमेरदेखि सौन्दर्य प्रतियोगितामा रुचि भए पनि विभिन्न कारण उनले त्यसमा सहभागी हुन पाएकी थिइनन् । १० वर्ष शिक्षण पेसामा योगदान दिएर अब समाज र देशका लागि केही गर्ने लक्ष्यको साथ उर्मिला अघि बढेकी छिन् ।

भिडियो:

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।