English

नेपालमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, एकैदिन थपिए १४४६ संक्रमित



नेपालमा थप १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४ सय २९ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, पछिल्लो २४ घन्टामा २ सय ५५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ५५ पुगेको छ । जसमध्ये, ७ हजार २ सय ४५ जना होम आइसोलेसन र ६ सय १० जना संस्थागत आइसोलेसनमा छन् । जसमा ६७ जनाको आईसियु र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा ११ हजार ६ सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सरकारले पछिल्लो समय कोरोनाविरुद्धको खोप अभियानालाई तीव्रता दिइरहेको छ । हालसम्म १ करोड ५१ लाख ७२ हजार ५ सय २७ जनाले एकमात्रा खोप लगाइसकेका छन् भने १ करोड १२ लाख ३२ हजार ६ सय ८३ जनालाई पूर्ण खोप दिइएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् :



सम्बन्धित खबरहरु

मिति २०८२।०५।०९ गतेका बेलुकी करिब १७:३० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ शान्तिकुना मार्ग स्थितमा अनलाइन जुवा (सट्टावाजी

काठमाडौं :  नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ र तिहारजस्ता

नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो स्वास्थ्य र सामाजिक

काठमाडौः राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजना पारा पौडी खेलाडीहरुलाई तालिम संचालन भएको छ । जापानबाट स्पोट्र्स फर टुमारो का

Latest










Popular
Suggested