English

सोमबारबाट विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय



कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसी)ले सोमबारबाट देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ रोकथामका लागि भन्दै आइतबार बसेको सीसीएमसीको बैठकले पौष २६ (सोमबार)देखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको केन्द्रकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षता बसेको बैठकले माघ ३ गतेदेखि सार्वजनिक स्थान जस्तै, होटल, रेष्टुरेन्ट, सिनेमा हल, सपिङ मलमा जानका लागि अनिवार्य कोभिड खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ ।

साथै, अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको नेपालले जानकारी दिइन् ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी जेड आकारमा राखेर परीक्षा सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता नेपालले जानकारी दिइन् । ‘परीक्षा केन्द्रमा मास्क स्यानिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधानलाई कडाई साथ परिपालना गराएर परीक्षा नियमित सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले प्रष्ट पारिन् ।

त्यस्तै, माघ ३ गतेदेखि नै आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाईमात्र बोर्डिङ पास दिने निर्णय भएको छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested