English

आयुषले छाडे सलमानको फिल्म



बलिउडमा केही समयअघि मात्र अभिनेता आयुष शर्माले सलमान खानको फिल्म ‘कभी इद कभी दिवाली’मा अभिनय गर्ने चर्चा चलेको थियो । फिल्ममा उनले सलमानको कान्छो भाइको भूमिका निर्वाह गर्ने खबर बाहिर आएको थियो ।

तर पछिल्लो घटनाक्रमअनुसार आयुष यो फिल्ममा रहने छैनन् । उनले फिल्ममा अभिनयबाट हात झिकेका छन् । आयुषले करियरको यो मोडमा आफू प्रमुख भूमिकामा मात्र अभिनय गर्न चाहेकाले सलमानको ठूलो बजेटको फिल्मबाट आफूले हात झिकेको बताएका छन् । शर्मा सलमानका ज्वाइँ हुन् ।

आयुष शर्मा फिल्म ‘अन्तिम–द फाइनल ट्रुथ’को सफलताका कारण खुसी छन् । यो फिल्मले उनलाई आफ्नै बलमा फिल्म चल्न सक्छ भन्ने हिम्मत बढाएको छ । दर्शकले पनि उनको अभिनयलाई निकै मनपराएका छन् । जसकारण उनले ठूलो फिल्ममा सहायक चरित्रमा अभिनय गर्ने निर्णय लिएका छन् । किनकि उनी फिल्ममा हिरो बन्न चाहन्छन्’, आयुष निकट स्रोतले भनेको छ ।

फिल्ममा बेंकटेश र पूजा हेगडेको पनि अभिनय रहनेछन् । फिल्ममा पूजा सलमानको प्रेमिकाका रूपमा देखिनेछिन् भने शेंकटेश सलमानकै जस्तो चरित्रमा प्रस्तुत हुँदैछन् ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

शाहरुख खान अपहरणकारी !



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested