English

विश्व चिनाउने साताका २१ तस्बिर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्बिरले । तिनै तस्बिरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्बिरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्बिरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१.इरानको तेहरानस्थितमा कुकुरहरू खेल्दै ।
२०.भेनेज्वाइलाको कराकासस्थित खेल्दै बालबालिकाहरू ।
१९.उत्तरी इजरायलको ग्यालील सागरबाट बार्डफ्लुबाट नष्ट भएका चरा सङ्कलन गर्दै ।

१८.म्यानमारस्थित हात्तीलाई फलफूल खुवाउँदै ।

१७.अस्ट्रियाको बिस्कोफशोफेनमा देखिएको कुहिरो ।

१६. पाकिस्तानको लाहुरस्थित एक व्यापारी छाता बेच्दै ।

१५. बाल्टिमोर प्याटरसन पार्क डुङ्गा तालमा सूर्योदयको दृश्य ।

१४.चीनको बेइजिङस्थित रहेको ओलम्पिक टावरको अगाडि जमेको ताल पार गर्दै बासिन्दा ।

१३.ओमनको मस्कटमा यही जनवरी ४ आएको बाढीले डुबानमा पारेको सडक र कार ।

१२. चीनको दक्षिण पश्चिम गुइझाउ प्रान्तस्थित पाँच सय मिटर एपर्चर स्फेरिकल रेडियो टेलिस्कोप (फास्ट) ।

११.म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगर स्थित चरन क्षेत्रमा जान म्याग्दी नदिमा वारपारका लागि बनाइएको अस्थायी साँघुमा भेडा तार्दै गरेका भेडिगोठाला ।  

१०. माघे सङ्क्रान्ति नजिकिँदै गर्दा टोखामा चाकु बनाउन सख्खर पकाउँदै युवा ।

९.म्याग्दीको बेनी नगरपालिका– ४ तातोपानीमा आरनमा हँसिया बनाउँदै पदमबहादुर विक ।

८. फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ गाउँ हिउँले सेताम्मे । 

७. चितवनको सौराहामा टाङ्गामा सवार गर्दै आन्तरिक पर्यटक ।

६. ताप्लेजुङको फुङ्लिङ बजारको कोशेली घरुमा विक्रीमा राखिएको तोङ्वा लगायत काठबाट बनेका उपयोगी सामग्री ।

५. धनगढी उपमहानगरपालिका–३ को बडहरास्थित मोहना नदीमाथि निर्माण गरिएको काठे पुल ।

४.दुई दिनसम्म गाउँमा खानेपानी नआउँदा सेरी बजारबाट डोकोमा बोकेर खानेपानी घर ल्याउँदै जुम्लाको तिला गाउँपालिका – १ का बासिन्दा ।

३. कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य । 

२.नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा पहिरोपीडितका लागि बनाइएका टेन्ट ।

१. पिठ्युँमा दाउराको भारी र हातमा पानीको बोतलसँगै जोखिमपूर्ण काठको लाप्को (काठको पुल) पार गरेर घर फर्कँदै गरेकी डोल्पाको मुड्केचुला गाउँपालिकास्थित मालुवाकुना बस्ने स्थानीय वृद्ध । 

तस्बिर : रासस, एपि, एएफपि,सिन्हुआ 

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ