English

विद्युत् विस्तारमा २५ हजार रूख काटिँदै, स्थानीयलाई चिन्ता



प्रदेश १ मा भइरहेको राष्ट्रिय गौरवको कोशी कोरिडोर विद्युत प्रसारण लाइन विस्तार गर्न २५ हजारभन्दा बढी रूख काटिने भएको छ। जसले गर्दा स्थानीय चिन्तामा डुबेका छन् ।

गुराँसको राजधानीका रूपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) को मध्यभागबाट विद्युत प्रसारण लाइन विस्तार हुने भएपछि यसले नकारात्मक प्रभाव पार्ने भन्दै विकल्पको खोज्न स्थानीयले माग गरेका छन् । टिएमजेको वन क्षेत्रमा ठूलो संख्यामा रुख काँटिदा पर्यटन र पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्।

गुराँस र हरियो वनका कारण फस्टाएको यहाँको पर्यटन व्यवसाय रुख कटानपछि खस्किने आशंका स्थानीयको छ। विद्युत विस्तार गर्दा वन क्षेत्र जोगाएर लैजान सकिने अवस्था हुँदाहुँदै पनि आयोजना कार्यालयले घना वन क्षेत्र नै फडानी गरेर विद्युत विस्तार शुरू गरेको छ।

पूर्वी पहाडी जिल्लाको हालसम्म कै ठुलो आयोजना मानिएको कोशी करिडोर २२० केभिए विद्युत प्रशारण लाइन विस्तार धमाधम भइरहेको छ। आयोजनाले धनकुटा र तेह्रथुममा पोल गाड्ने तथा तार जोड्ने काम गरिरहेको छ।

विद्युत लाइन विस्तार गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको मध्यभागबाट हुने भएकाले यहाँका हजारौं रुख काँटिदा यस क्षेत्रकोे जैविक विविधता नष्ट भएर पर्यटकीय आकर्षण खस्कने लालीगुराँस नगरपालिका–१ वसन्तपुरका मिङ्मा शेर्पाले बताए। गुराँस नै हेर्न देशविदेशका पर्यटक आउने गरेका र वन फडानीले पर्यटक आउन कमी हुने उनको आशंका छ। उनले अन्यत्र ठाउँ हुँदाहुँदै जंगल बीचबाट फडानी गरेर लगेका कारणले पर्यटक कम आउन थालिसकेको बताए।

आयोजना सञ्चालनका लागि ०७३ सालमा प्रारम्भिक वातावरणीय परीक्षण गरिएको थियो । आयोजनाले पहिलोपटक सर्भे गर्दा तीनजुरेको डाँडैडाँडा लाइन विस्तार गर्ने भनेको सहमति दिएको धर्मदेवी नगरपालिका–१ संखुवासभाका तीनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताए।

दोस्रोपटक सर्भे गरेर जहाँ घना जंगल छ त्यहाँबाट लान लागेको बुढाथोकीले बताए । उनले दोस्रोपटक गरेको सर्भेमा आयोजनाले कसैको सहमति नलिएको बताए । ‘जंगल मासिएपछि मुलुककै महतत्त्वपूर्ण पर्यटकीय स्थल गुम्ने, जीवजन्तु माँसिने, पानीका मुहान सुक्ने प्रवल सम्भावना देखियो।’ बुढाथोकीले भने, ‘जसले गर्दा पछि गएर जलवायु र जैविक विविधतालाई कोशी कोरिडोरले ठूलो असर पुर्याउने रहेछ भन्ने देखियो ।’ पहिले सामुदायिक वनहरूले तीनजुरेको बाटो भनेर अर्कै सर्भेमा सहमति गरेको बुढाथोकीले पटक-पटक दोहोर्याए ।

गुराँससहितको रूख कटानले नमुना शहर वसन्तपुर बजारमा खानेपानीको संकट हुने लालिगुँरास नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए । उनले वनजंगल जोगाएर लाने गरी विकल्प खोज्न अनुरोध गरिएको जानकारी दिए ।

वसन्तपुरको टुटे हुँदै ताप्लेजुङको ढुंगेसाँघुसम्मको ३४ किलोमिटर लामो प्रसारण लाइन विस्तार गर्दा तेह्रथुमका ६ वटा सामुदायिक वन क्षेत्रका रुख कटान हुनेछन् । घनाजंगल काटेर खाली हुँदा वन्यजन्तुको वासस्थानमा समेत असर पर्ने देखिएको छ। सब-डिभिजन वन कार्यालय वसन्तपुरका सहायक वन अधिकृत सोमेश्वरकुमार दासले राष्ट्रिय गौरवको आयोजना भएकाले यसको वातावरणीय प्रभाव मूल्यांकन गरिएको जानकारी दिए ।

उनले तीनजुरेका गुराँससहितका रुखहरू मन्त्रीपरिषदको निर्णयबाट कटान गरिएको बताए । आयोजनाले कटान गरिएको एक रुख बराबर २५ बिरुवा वृक्षारोपण गरेर पाँच वर्षभित्र प्रभावित क्षेत्रमा हुर्काउने सहमति भएको दासले बताए । कटान गरिएको सुरुमा वातावरणमा, पर्यावरण असर पर्ने जस्तो देखिए पनि पछि नयाँ बिरुवा हुर्किएपछि त्यस्तो नहुने उनले जनाए । विद्युत जनजीवनसँग जोडिएको हिसाबले पनि यसलाई प्राथमिकतामा राखिएको दासको भनाइ छ।

ताप्लेजुङको तमोर र मेवा खोलामा उत्पादन भएको र हुने चरणमा रहेको एक हजार मेगावाट क्षमताको कोशी करिडोर तेह्रथुमको वसन्तपुर सब–स्टेसन हुँदै सुनसरीको इनरुवामा रहेको केन्द्रीय विद्युत प्रसारण लाइनमा जोड्ने गरी काम भइरहेको छ । पसारण आयोजनाले वन क्षेत्रका हुर्किएका र हुर्किने चरणमा रहेका करिब २५ हजार रुख कटान गर्दा हरियो वन उजाड हुने देखिएको छ।

यो पनि

छ महिनामा सात लाख चालक अनुमतिपत्र छापिने, यी स्थानलाई बढि प्राथमिकता

सरकारले बाँड्यो तीन करोड, कसले कति पाए ?



सम्बन्धित खबरहरु

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली