English

यी कारणले हुन्छ, महिनावारी गडबड



डा. मीना प्रधान, स्त्री रोग विशेषज्ञ

सामान्यतयाः महिनावारीलाई २८ दिनको मासिक चक्र मानिन्छ । यदि, कुनै पनि महिलामा पछिल्लोपटक महिनावारी भएको ६ हप्तादेखि सोही क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्तर्गत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारी अवस्थाको संज्ञा दिइन्छ ।

महिनावारी भएको पहिलो एक–दुई वर्ष नियमित महिनावारी नहुन सक्छ, त्यसलाई सामान्य मान्न सकिन्छ । महिनावारी शुरु भएको एक–दुई वर्षपछि नियमित हुने गर्छ । नियमित भनेको २८ देखि ३५ दिनभित्र महिनावारी हुनु हो । यसलाई नर्मल महिनावारी चक्र भन्ने गरिन्छ ।
२८ देखि ३५ दिनभित्र महिनावारी दुईपटक भएको खण्डमा वा ३५ दिन नाघेर भएमा गडबड भएको बुझ्नुपर्छ । नियमित महिनावारी हुने महिलामा गडबडी भयो भने के कारणले भयो भनेर खोजी गर्नुपर्छ ।

हर्मोनको गडबडीले महिनावारी गडबडी हुने गर्छ । महिनावारी सुक्ने बेलामा पनि कतिपयमा यो समस्या देखिन्छ । थाइराइड ग्यालनको घटबढले गर्दा पनि महिनावारी नियमित नहुन सक्छ । कसैको पाठेघरमा ट्युमर पलाएको छ भने महिनावारीमा गडबडी देखापर्छ । पाठेघरको मुखमा घाउ, ट्युमर वा क्यान्सर छ भने महिनावारीमा गडबड हुन सक्छ ।

बच्ने उपाय


– सर्वप्रथम महिनावारी गडबड हुने कारण पत्ता लगाउनुपर्छ र त्यसैअनुरूपको उपचार गर्नुपर्छ ।

– पोषिलो खानेकुरा खानुपर्छ र प्रदूषित वातावरणबाट जोगिनुपर्छ ।

– नियमित स्वास्थ्य चेकजाँच गर्नुपर्छ ।

– कुनै पनि रोगको लक्षण देखिए हेलचेक्र्याइँ नगरेर बस्नुहुँदैन ।

– नियमित व्यायाम गर्नुपर्छ ।

– जथाभावी महिनावारी रोक्ने औषधिहरूको सेवन गर्नुहुँदैन ।

यो पनि पढ्नुहोस् :
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)

महिनावारीका बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested