English

आत्महत्या गर्न चाहन्थे यी बलिउडकर्मी



भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालै मात्र आत्महत्या गर्नका लागि विष सेवन गरेका थिए । छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो ।

१५ वर्षदेखि बलिउडको हिस्सा रहँदै आएका यी कमेडियन कोभिडका कारण आर्थिक संकटमा परेपछि आत्महत्याको बाटोतर्फ जान लागेका थिए । बलिउडमा तीर्थानन्द भन्दाअघि कयौं ठूला स्टारहरूमध्ये केहीले आफ्नो परिस्थितिबाट हार मान्दै र केहीले भने बिरामीका कारण आत्महत्याको सोच बनाइसकेका छन् ।

अभिनेता अध्ययन सुमन एक समय डिप्रेसनको शिकार भएका थिए । लबी कल्चरको शिकार भएपछि उनलाई फिल्मबाट हटाउन थालिएको थियो । यही समयमा उनी अभिनेत्री कंगना रनावतबाट पनि अलग्गिएका थिए ।

कंगनासँग पुरानो सम्बन्धलाई सुचारु गर्न उनलाई निकै समस्या भएको थियो । उनका पिता शेखर सुमनले एक अन्तर्वार्तामा छोराले आफूलाई पटक-पटक आत्महत्या गर्न मन लागेको कुरा बताउने गरेको खुलासा गरेका थिए ।

अभिनेता मनोज बाजपेयी नेसनल स्कूल अफ ड्रामामा भर्ना हुने सपना देख्दथे । तर, स्कूलले अस्वीकार गरेपछि उनले आत्महत्याको सोच बनाएका थिए । मनोजले आत्महत्या गर्लान् भन्ने डरले उनका सबै साथी मनोजसँग बस्न थाले, ताकि मनोजले आत्महत्या गर्न नसकून् ।

सलमानले यही रोगका कारण आफ्नो दिमागमा कयौं पटक आत्महत्याको सोचाई आएको खुलासा गरेका थिए ।

टेलिभिजन अभिनेत्री शमा सिकन्दरले पनि आत्महत्याको प्रयास गरिसकेकी छन् । डिप्रेसनका कारण उनले एक रात कयौं निन्द्राको औषधि खाएकी थिइन् । औषधि खाएपछि उनले आमालाई बिहान नउठाउनु भन्दै भाइलाई आफ्ना सबै बैंक एकाउन्टको जानकारी पठाएकी थिइन् ।

आधा रातमा शंका लागेर भाइले आमालाई बोलाएका थिए । त्यसपछि कोठामा पुग्दा शमा बेहोस् अवस्थामा थिइन् । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो । जसकारण शर्माको ज्यान बच्यो ।

अभिनेता तथा कमेडियन जोनी लिभरको बाल्यकाल संकटमै बित्यो । उनको पिता मदिराप्रेमी थिए, जसकारण जोनी सडकमा डटपेन बेचेर पैसा कमाउँथे । यही समस्याले गर्दा एकदिन जोनीले आत्महत्या गर्ने मन बनाएका थिए । तर, परिवारलाई सम्झिएर आफ्नो मनलाई परिवर्तन गरे ।

अभिनेता सलमान खान वर्षौदेखि ट्रायजेमिनल न्युरालजिया नामको रोगबाट पीडित छन् । यो बिरामीलाई सुसाइड डिसिज पनि भनिन्छ । यो बिरामीबाट पीडित व्यक्तिको नशामा असहनीय दुखाइ हुन्छ । एक अन्तर्वार्तामा सलमानले यही रोगका कारण आफ्नो दिमागमा कयौं पटक आत्महत्याको सोचाइ आएको खुलासा गरेका थिए ।

टेलिभिजन अभिनेत्री जस्मिन भसीनले करियरको शुरुवातमा कयौं अस्वीकारको पीडा झेल्नुपर्यो । उनको अनुहारको रंग नराम्रो भएकै कारण धेरै ठाउँ उनले बेइज्जतको सामना गर्नुपरेको थियो । एक समय उनले आत्महत्याको पनि प्रयास गरेकी थिइन् ।

यो पनि
शाहरुख खान अपहरणकारी !
कपिल शर्मा तनावमा !



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested