English

हिउँमाथि परीक्षा !



अघिल्लो साता अप्रत्यासित रुपमा हिउँ पर्यो । पूर्वसूचना थिएन । अन्य बेला हिउँ नपर्ने ठाउँमा समेत हिमपात भयो । अहिले पनि मौसम खुलिसकेको छैन । उत्तरी गोरखा पूरै हिमालसँग जोडिएको छ । सामान्य मौसम फेरबदलमै यहाँ हिमपात हुन्छ । केही दिनअघि एउटा तस्बिर सार्वजनिक भएको थियो जहाँ हिउँमाथि टेबुल कुर्सी राखेर विद्यार्थीले परीक्षा दिँदै गरेका थिए ।

यो तस्बिर गोरखाको चुमनुब्री गाउँपालिका-४ गापस्थित नुब्री आधारभूत विद्यालयको प्रथम त्रैमासिक परीक्षाको थियो । एक्कासी हिमपात भयो, शिक्षकहरूले पूर्वनिर्धारित परीक्षा रोक्न सकेनन् । कक्षाकोठामा राखेर परीक्षा दिन नसक्ने अवस्था नभएपछि विद्यार्थीलाई बाहिर राखेर परीक्षा दिन लगाइयो । टेबुलकुर्ची हिउँमाथि राखिएको थियो, त्यहीँबाट विद्यार्थीले परीक्षा दिए । १ देखि ८ कक्षासम्म पढाई हुने उक्त स्कुलका ९० बालबालिकाले हिउँमाथि बसेर परीक्षा दिए । पहिलो र दोस्रो सिफ्ट गरेर परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेश ढकालले जानकारी दिए ।

‘परीक्षा सुरू भएपछि हिउँ पर्न थाल्यो । भित्र राख्दा झनै जाडो हुने भएपछि बाहिर राखेर परीक्षा दिन लगाएका हौं,’ उनले भने, ‘हतार गरेर परीक्षा सक्यौं । स्कुल बन्द गरेर हामी चाहीँ बेँशी झरेका छौं, विद्यार्थी घरतिरै छन् ।’ गाउँपालिका र वडाको मौखिक निर्देशनपछि एक महिनाका लागि विद्यालय बन्द गरेको र एक महिनापछि सोही भवनमा स्कुल सन्चालन गरिने ढकालले बताए ।

चुमनुब्रीमा एउटा मात्रै घुम्ती विद्यालय छ । मनाङ र मुस्ताङका विद्यालयले पोखरा, लमजुङ, काठमाडौंलगायत ठाउँमा घुम्ती पढाइ चलाउँछन् । तर, गोरखामा त्यो व्यवस्था नभएकोले समस्या परेको उनले बताए । ‘घुम्ती स्कूल भए सजिलो हुन्थ्यो । हाम्रो तिर सरकारले त्यो सुविधा दिएको छैन,’ उनले भने, ‘आफै गरौं भने स्राते पुग्दैन । विद्यार्थीलाई यसरी गाह्रो हुन्छ ।’ उत्तरी गोरखा भौगोलिक रुपमा विकट र चेतनास्तरमा पनि कमजोर छ । सरकारले आवासीय विद्यालयको अवधारणा ल्याए पनि कार्यान्वयन राम्रो छैन ।

यो पनि…
आलुले पनि बनाउँछ आत्मनिर्भर
तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।