English

‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम



गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ हेर्न आउने दर्शकले आइफोन १२ उपहारका रुपमा पाउने भएका छन् । फिल्मले पहिलो सप्ताहन्तसम्म राम्रो व्यापार गरेको दाबी गर्दै निर्माण युनिटले दर्शकका लागि उपहार योजना ल्याएको हो ।

निर्माण युनिटका अनुसार फिल्म हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एकजनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गरिनेछ ।

एक टिकट एक जनाको लागि मात्र मान्य हुने र टिकट नम्बरको आधारमा मान्यता जाँच हुने निर्माण पक्षले जनाएको छ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात ‘पब्लिक पोष्ट’ कुनै पनि सामाजिक सञ्जालमा राख्नुपर्ने हुन्छ ।

त्यसरी फोटो राख्दा ’क्याप्सन’मा ‘ह्यासट्याग कठपुतली ह्यासट्याग विनआइफोन’ लेख्नुपर्ने हुन्छ । ह्यासट्याग प्रयोग गरि फोटो पोष्टको सूचना फिल्म टिले प्राप्त गर्नेछ । ‘लक्की ड्र’मार्फत आगामी १ फेब्रुअरीमा विजेता घोषणा गरी उपहार दिइनेछ ।

भीमसेन लामा निर्देशित फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ ।

काठमाडौ, अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष

चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् ।

Latest










Popular
Suggested