English

विश्व इतिहासमा आज : पाराग्वेको आन्दोलनदेखि सौर्य मण्डलमा सानो ग्रह फेला



आज ५ जनवरीकाे दिन । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

सौर्य मन्डलको सानो ग्रह

सौर्य मन्डलमा सबैभन्दा सानो ग्रह पत्ता लागेको थियो । पत्ता लगाएको नयाँ ग्रहको नाम इरिस दिइएको छ । अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयु) का अनुसार इरिसको आकार यसअघि सौर्यमन्डको सबैभन्दा सानो मानिएको प्लुटोभन्दा सानो थियाे ।

पाराग्वेको आन्दोलन

सन् १९६८ मा पाराग्वेमा आन्दोलन सुरु भएको थियो । तत्कालिन नेता अलेक्जेन्डर दुबसेक देशको नेता बनेपछि पाराग्वेमा आन्दोलन सुरु भएको थियो ।

गोल्डेन गेट निर्माण सुरु

आजकै दिन अर्थात सन् १९३३ को ५ जनवरीमा अमेरिकाको सान फ्रान्सिस्कोमा गोल्डेन गेट पुल बनाउन सुरु भएको थियो । यो पुललाई अमेरिकाकै एउटा प्रसिद्ध प्रतिक मानिन्छ ।

वेटिङ फर गोडोटको पहिलो मन्चन

आयरल्यान्डका प्रख्यात लेखक स्यामुअल बेकेटले लेखको विश्व प्रसिद्ध नाटक वेटिङ फर गोडोटलाई पहिलो पटक सन् १९५३ को ५ फेब्रुवरीमा फ्रान्सको राजधानी पेरिसमा मन्चन गरिएको थियो ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 
घरको बार्दलीमा कपडा सुकाए जरिवाना



सम्बन्धित खबरहरु

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

Latest










Popular
Suggested