English

बुद्ध अभियानमा जोडिए सेलिब्रिटी, सम्मानित भए पूर्व राजदूतहरु (भिडियो पनि)



सिद्धार्थ गौतम बुद्धको जन्मस्थल कहाँ हो ? नेपालको लुम्बिनी । तर, विश्वमा भने यसबारे विभिन्न भ्रम व्याप्त छन् । यही भ्रमलाई चिर्न सन् २००९ मा लुम्बिनी–कपिलवस्तु विश्व अभियान सुरु भयो ।

यो अभियानले बुद्धको जन्मस्थल विषयमा सिर्जना भएको विश्वव्यापी दिग्भ्रमलाई निस्तेज गर्न चालेको कदमलाई विभिन्न देशका नेपाली राजदूत र कलाकारहरुले साथ दिँदै आएका छन् । त्यसो त अभियानलाई अझै सशक्त रुप दिन अभियानले हालै १२ जना सेलिब्रिटीलाई अभियान दूतको रुपमा नियुक्त गरेको छ । साथै, विभिन्न देशमा बुद्धबारे भ्रम चिर्न योगदान पुर्याउने पूर्व राजदूतहरुलाई समेत सम्मान गरेको छ ।

मंगलबार खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भएको कार्यक्रममा गायिका सुनिता दुलाल, मेलिना राई, मिना लामा, अभिनेत्री रेखा थापा, तेक्वान्दो खेलाडी रोमी गिरी, मोडल शोभा महर्जन, हास्यकलाकार सुवोध गौतम, ब्याटमिन्टन खेलाडी राजकुमार गुरुङ, नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी महासंघका अध्यक्ष दिपक श्रेष्ठ, महासंघका महासचिव शिव सुन्दर थेवेलगायतलाई अभियान दूतमा नियुक्त गरिएको हो ।

उनीहरुलाई प्रचण्डले प्रमाणपत्रसमेत प्रदान गरेका थिए । अभियानले केही वर्ष अघि विश्व कीर्तिमानी डान्सर बन्दना नेपाल, गायिका प्रमिला राई लगायतलाई दूतमा नियुक्त गरेको थियो । साथै, पूर्व राजदूतहरुमा मोहनकृष्ण श्रेष्ठ, राममणी पोखरेल, दीपकुमार उपाध्याय, कमलप्रसाद कोइराला, अम्बिका मानन्धर लुईंटेल, मुक्तिनाथ भट्ट लगायतलाई सम्मान गरिएको थियो ।

फ्रान्सका लागि पूर्व राजदूत श्रेष्ठले युनेस्कोको मुख्यालय पेरिसमा बुद्धको प्रतिमा स्थापित गर्न मूख्य योजनाकारको भूमिका खेलेकाले सम्मान गरिएको अभियानका विश्व संयोजक राम कुमार श्रेष्ठले बताए ।

कार्यक्रममा पूर्व राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा युनेस्कोमा बुद्धको मुर्ति राख्न गरेको प्रयत्न सम्झँदै भने, ‘सन् २०१३ मा नेपाल युनेस्कोको सदस्य राष्ट्र भएको ६० वर्ष पुगेका अवसरमा आएका पाहुनाहरुलाई वुद्धको मुर्ति उपहार दिने सोच बनाएँ । तर, नेपालबाट बुद्धको मुर्ति ल्याउनै भयो ।’

यसको कारक भने नेपालको राजनीति रहेको उनले सुनाए । ‘युनेस्कोले पनि स्वीकृति दियो मेरो कार्यकाल पनि सकियाे तर, सन् २०१५ मा युनेस्कोको कार्यालयमा बुद्धको मुर्ति राखियो ।’

मुर्ति राख्ने बेला फ्रान्सका लागि नेपाली राजदूत अम्बिका मानन्धर लुईंटेल थिइन् । युनेस्कोको ७० औं वार्षिकीको अवसरमा १ सय ६४ सेन्टिमिटर अग्लो, ४८ इन्च चौडाई रहेको १ सय केजी तौलको बुद्धका मुर्ति अनावरण गरिएको थियो । त्यसैले लुईंटेललाई पनि अभियानले सम्मान गरेको छ । त्यस्तै, बेल्जियमका पूर्व राजदूत पोखरेलले हेगमा वुद्धको मुर्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको थियो ।

साथै, कोरियाका लागि पूर्व राजदूत कोइरालाले कोरियाको पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल विषयमा भएको गलत जानकारीलाई सच्याउने भूमिका खेलेका थिए भने स्वीडेनका पूर्व राजदूत भट्टले पनि स्वीडेनको पाठ्यपुस्तकमा सच्याउन गरेको प्रयत्नलाई कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले अभियानलाई थप सफलताको शुभकामना दिए । नेपाललाई विश्वमा चिनाउने ऐतिहासिक गौरवको रुपमा बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने कुरा जति फैलाउँदै गयो नेपालको राष्ट्रिय पहिचान र समृद्धिको यात्रा पनि तीव्र गतिमा बढ्दै जाने उनले बताए ।

‘यो कहिल्यै नसकिने र कहिल्यै नटुट्ने अटुट यात्रा हो जति बढायो त्यति समृद्धि बढ्छ र संसारभरका मानिसले बुद्धको सन्देशलाई नजिकबाट नियाल्ने, शान्तीको सन्देश विश्वभर छर्ने अभियान हो,’ बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘यो अभियानमा सबै नेपालीले जो जहाँ छ त्यहीँबाट हातेमालो गर्नुपर्छ ।’

‘यो हाम्रो पुस्ताको लागि मात्र नभएर भावी पुस्ताका लागि पनि गौरवशाली सन्देश दिनका लागि यो अभियान चलाइराख्नु पर्छ,’ प्रचण्डको जोड थियो ।


कार्यक्रममा विश्व संयोजक श्रेष्ठले प्रचण्डलाई ‘लुम्बिनी कुटनीति’को अवधारणा पत्रसमेत हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले अभियानको मूल उद्धेश्य बुद्धको जन्मथलोका बारेमा रहेको भ्रमलाई चिर्ने रहेको प्रष्ट पारे ।

भिडियो

तस्बिर/भिडियोः सिमोन तामाङ

यो पनि पढ्नुहोस्
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
पर्यटक पर्खदै बुद्ध जन्मस्थल लुम्बिनी
ओलीजस्तै प्रचण्ड
प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि…




सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।