English

यस्ताे बन्दैछ २२ तल्ले धरहरा



धरहरा पुनर्निर्माणको काम सुरु भएको करिब २१ महिना भयो । यो अवधिसम्म धरहराको ५० प्रतिशतसम्म पुनर्निर्माणको काम सम्पन्न भएको छ । ४२ रोपनी क्षेत्रफलमा बनिरहेको धरहराको दोश्रो पटकको समय सीमा सकिन मात्र तीन महिना छ । अर्थात् असार ३० गतेबाट दोश्रो पटक थपिएको समय सकिन्छ । यो अवधिमा बाँकी ५० प्रतिशत काम कसरी सकिएला ? बितेका २१ महिनाको काम हेर्दा यो असम्भव छ । तर धरहराको बाँकी काम पूर्ण रुपमा सक्नको लागि अझै १६ महिनाको समय माग गरिएको बताउँछन्, जीआईईटिसी–रमण जेभीका प्रोजेक्ट म्यानेजर तथा इन्जिनियर श्यामचन्द्र श्रेष्ठ ।


पुनर्निर्माण भइरहेको धरहरा विगतको भन्दा युनिक बन्दै छ । बाहिरबाट हेर्दा १८८२ सालको झल्को दिने गरी ११ तला नै देखिएपनि वास्तविक उचाई भने २२ तलाको हुनेछ । तर स्वरूप भने पहिलेकै जस्तो हुनेछ । जसमा गोलाकर झ्यालहरू राखिने छ । बाइस तलाको धरहरा वृद्धवृद्धा, अशक्त र बालबालिकामैत्री बन्दैछ, जसका लागि अबको धरहरामा भर्‍याङ मात्र होइन, २ वटा लिफ्ट पनि हुनेछ । साथै पहिलेकै तामाको गजुरलाई मर्मत गरेर सुनको जलप लगाइने छ । सो गजुर लगभग २८ फिटको हुनेछ ।


टावरको बीसौँ तलामा काठमाडौँ उपत्यका अवलोकन गर्ने डेक रहनेश्रेष्ठ बताउँछन् । यस विशाल संरचनामा डबल बेस्मेन्ट हुनेछ ।

पुनर्निर्माण भइरहेको धरहरा विगतको भन्दा युनिक बन्दै छ । बाहिरबाट हेर्दा १८८२ सालको झल्को दिने गरी ११ तला नै देखिएपनि वास्तविक उचाई भने २२ तलाको हुनेछ ।

उचाई मात्र नभई, धरहरा वरपरको क्षेत्रफल पनि विशेष नै बन्ने भएको छ । पुनर्निर्माण भइरहेको धरहराको छेउमै भएको सुन्धारा, पार्क र भत्किएको धरहरालाई व्यवस्थित गर्न लागिएको छ ।


धरहरा टावर निर्माणाधीन ४२ रोपनी जग्गामा त्रिपल बेस्मेन्ट पार्किङ, संग्रहालय, जीवित सुनधारा र पार्क रहनेछ । पार्किङमा ४ सय वटा सानो गाडी र ६ सय ५० वटा मोटरलाइकल अट्ने क्षमताको हुनेछ । त्यस्तै संग्रहालयमा भत्किएको धरहरालाई सिसाले छोपेर राखिनेछ । र, धेरै वर्ष यता पानीको बहाव बन्द भएको सुन्धारा पनि पुनर्निर्माण गरी पानी बग्ने बनाईने छ । सुन्धाराको लागि पानीको व्यवस्था बोरिङ तथा मेलम्चीको पानीबाट हुने श्रेष्ठ बताउँछन् ।


त्यसको साथसाथै पूरै क्षेत्रफललाई नै पार्कजस्तै गरी सजाइने छ । पार्कमा बगैँचा र फाउन्टेन निर्माण गरी धरहरा टावर क्षेत्रलाई एक पर्यटकीय स्थलको रूपमा चिनाउने लक्ष्य रहेको श्रेष्ठ बताउँछन् । पुनर्निर्माणको काम करिब ५० प्रतिशत सम्पन्न भइसकेको छ । पुनर्निर्माणको लागि ३ अर्ब ४३ करोड बजेट छुट्याईएको छ । यही बजेटभित्र नै काम लगभग सकिने अनुमान ठेकेदार कम्पनीको छ ।

पूरै क्षेत्रफललाई नै पार्कजस्तै गरी सजाइने छ । पार्कमा बगैँचा र फाउन्टेन निर्माण गरी धरहरा टावर क्षेत्रलाई एक पर्यटकीय स्थलको रूपमा चिनाउने लक्ष्य रहेको श्रेष्ठ बताउँछन् ।


धरहरा निर्माणको लागि काम २१ महिनाको समय दिइए पनि कोभिड-१९ लगायतका कारण समय अपुग भएर पुनः ९ महिना समय थप गरिएको थियो । त्यो समय अवधि पनि आगामी असारमा सकिँदैछ । पुनर्निर्माणको काम पूर्ण रूपमा सकाउन अझै १६ महिना समय थप मागिएको श्रेष्ठ बताउँछन् । भन्छन्, ‘धरहराको स्वरूप त तयार भैसक्यो । तर, अझ पनि ५० प्रतिशत काम बाँकी नै छ ।’

कसले बनाएका थिए धरहरा ?

धरहराको निर्माण वि.सं .१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले गरेका थिए । त्यसको उचाई ११ तल्ला थियो । १९९० माघ २ गतेको भूकम्पले धरहरा भत्किएको थियो । त्यसको दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले त्यसको पुनर्निर्माण गराएका थिए । ६ रोपनी जग्गामा फैलिएको ९ तले धरहरा २०७२ वैशाखको भूकम्पले पुनः भत्काएको थियो ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।