यसरी पाउनुहोस् लभ बाइट्सबाट छुटकारा
सेक्सका बेला जोडीले एक अर्कालाई गरिने चुम्बनबाट शरीरमा बस्ने दागलाई ‘लभ बाइट्स’ भनिन्छ । प्रायः जोडीलाई रफ सेक्स मन पर्छ । सेक्सका बेला पार्टनरप्रति थोरै हिंस्रक हुन्छन् । भावुक चुम्बन र फोर प्लेको निसान विशेषगरी, घाँटी वरपरको नरम छालामा बस्छ । सो दाग हट्न हप्ता दिन लाग्छ । लभ बाइटको दाग हटाउन वा घटाउन यी तरिका अपनाउन सकिन्छ ।
कोल्ड ट्रिटमेन्ट
सेक्सपछि पार्टनरको शरीरमा लभ बाइट देखिएमा तौलिया वा नरम कपडामा आइस राखेर २० मिनेट दबाउनुहोस् । यसरी गर्दा केही हदसम्म बाइटबाट छुटकारा पाउन सकिन्छ ।
हिट थेरापी
शरीरमा ४८ घण्टासम्म बाइट देखा परिरहेमा तातो कपडाले सेक्नुहोस् । यसरी गर्दा जमेको रगत फैलिन्छ र बाइट हराउँछ ।
टुथब्रसको सहयोग
बाइट रहेको ठाउँमा टुथब्रसले घोट्नुहोस् । यसले रगत फैलाउन मद्दत गर्छ । केही घण्टामा बाइट हराउँछ ।
टुथपेस्ट सहयोग
पुदिना मिश्रित टुथपेस्टले बाइटबाट रहेको भागमा लगाउनुहोस् । यसको झन्झन्ले छालामा रगतको प्रवाह बढ्छ । र केही राहत मिल्छ ।
अल्कोहलको प्रयोग
बाइट भएको ठाउँमा मात्रै थोरै अल्कोहल लगाउनुहोस् । अल्कोहलले बाइट भएको भागमा चिसो महसुस हुन्छ । यसले रगत प्रवाह गर्छ जसले गर्दा छिट्टै बाइट हराउँछ ।
छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?