English

‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)



बलिउड चलचित्र ‘उचाइ’ । मुख्य अभिनेता अनुपम खेर । ‘उचाइ’को कथाले माग्यो नेपालका अग्ला पहाड अनि कहालीलाग्दा दृश्य । ६५ वर्षीय खेरलाई यी दृश्यमा अभिनय गर्न त्यति सहज भएन । उसो त उनको भेषमा अभिनय गर्ने कलाकारको खोजी सुरू भयो । यही क्रममा भेटिए– नेपाली सरोज लामिछाने

लामिछाने पेसाले चित्रकार हुन् । तर, उनीमा बहुप्रतिभा छन् । चित्रकलाका अलावा, अभिनय र प्रेरक वाचकका रूपमा पनि सक्रिय छन्, लामिछाने । क्राइम पेट्रोल नेपालमा समेत उनले अभिनय गरिसकेका छन् ।

यसरी भेटिए सरोज…

‘उचाइ’का लागि कलाकार छान्न सिर्जना सूत्रलाई जिम्मा दिइएको थियो । सूत्रले अडिसनका लागि आह्वान गर्यो । सरोजले यो कुरा थाहा पाए । अडिसन दिन गए । यसअघि पनि बलिउड चलचित्र ‘सरप्राइज’ को अडिसनका लागि सूत्रमा पुगेका थिए । त्यसमा छनोट पनि भए । तर, त्यो चलचित्र बन्ने नबन्ने अहिलेसम्म टुंगो छैन । त्यसैले, यो चलचित्र पनि बन्ला/नबन्ला भन्ने द्विविधा उनमा थियो । तर, प्रयास नगरी पछाडि हट्न उनलाई मन लागेन । अर्को कुरा उनलाई धेरैजसोले अनुपम खेरसँग अनुहार मिल्छ भन्दै प्रशंसा गर्थे । त्यसले पनि उनलाई एकपटक अडिसन दिन मन लाग्यो ।

‘अनुपम खेरसँग अनुहार मिल्छ भनेर त धेरैले भनेका थिए’, लामिछाने अडिसन अनुभव सुनाउँदै थिए, ‘तर, उहाँको बडी डबल बनेर चलचित्रमै अभिनय गर्न पाइला भने सोचेको थिइनँ ।’

अडिसनकै बेला नेपालमा ‘उचाइ’को व्यवस्थापन गरेको थ्री ह्विलर्स फिल्म प्रा.लि. का पुष्पराज न्यौपानेले खेरको डुप्स बन्न सक्छौं ? सोधे । लामिछानेले आत्मविश्वासका साथ सक्छु भन्दिए । ‘अनुपम खेरसँग अनुहार मिल्छ भनेर त धेरैले भनेका थिए’, लामिछाने अडिसन अनुभव सुनाउँदै थिए, ‘तर, उहाँको बडी डबल बनेर चलचित्रमै अभिनय गर्न पाइला भने सोचेको थिइनँ ।’

अडिसनबाट छनोट भएपछि…

अडिसनबाट छनोट भएपछि उनी खेरद्वारा अभिनित चलचित्र हेर्न थाले । खेरको व्यक्तित्व आफूमा उतार्ने प्रयास गरेँ । सबै तयारी पूरा भयो । खेर लुक्ला आउने तय भयो । खेरले आफूलाई देखेर कस्तो प्रतिक्रिया देलान् ? के भन्लान् ? भन्ने खुलदुली बोकेर लामिछाने लुक्ला उडे । खराब मौसमका कारण उनीहरू तोकिएको दिन भन्दा एक–दुई दिन ढिलो लुक्ला उडेका थिए । छायांकन शुरु भइसकेकाले लुक्लाबाट सीधै सुटिङस्थलमा गएको लामिछाने सुनाउँछन् ।

सबैजना अलमल्ल

सुटिङ स्पटमा पुगेपछि उनलाई अनुपम खेरले लगाएजस्तै लुगा लगाउन दिइयो । खेरलाई देखेर उनी उत्साहित थिए । कतिबेला खेरले आफूतर्फ हेर्छन् अनि कुराकानी गर्न पाइएला भन्ने प्रतीक्षामा थिए, उनी । त्यहीबेला ‘उचाइ’का निर्देशक सुरज बड्जत्याकी श्रीमती विनिता बड्जत्याले देखिछन् । त्यसपछि अभिनेत्री परिणिति चोपडा र बोमन इरानीको नजर उनीमाथि पर्यो । सबैजना एकछिन त अलमल्लमा परे ।

‘म अनुपम खेरको ठ्याक्कै अगाडि उनकै स्टाइलमा बसिरहेको थिएँ । सबैभन्दा पहिले विनिताले मलाई देखेर ट्वाँ पर्नुभयो’, त्यो पललाई सम्झँदै सरोज सुनाउँछन्, ‘त्यसपछि परिणिति र बोमन सरले पनि देख्नुभयो उहाँहरू मेरो मुखमा हेर्दै, आपसमा मुखामुख गरेर कुराकानी गर्दै हाँस्न थाल्नुभयो । त्यसपछि बल्ल अनुपम खेरले मतिर हेर्नुभयो, अलमल्ल पर्दै हाँस्नुभयो ।’

खेरले लामिछानेलाई भने, ‘तिमी अहिले अनुपम खेरको डुप्स भएका छौ, तर तिमी अनुपम खेर हैन सरोज लामिछाने बनेर नै आफ्नो पहिचान बनाउनुपर्छ ।’

लामिछानेले करिब एक महिना खेर र बलिउडका अन्य कलाकारसँग बिताए । सुटिङकै क्रममा उनले थुप्रै अनुभव संगाल्ने मौका पाए । बलिउड कलाकारका मुखबाट नेपालीको प्रशंसा गरेको सुन्न पाए । ‘नेपालीहरू एकदमै साहसी हुन्छन्, जहाँ हामी पुग्न सक्दैनौँ त्यो ठाउँमा नेपाली पुग्न सक्छन्,’ बलिउड कलाकारले सम्झँदै लामिछानेले भने ।

साथै, खेरले पनि उनको पशंसा गरे । आफ्नो नक्कली बनेर अभिनय गरेको खेरलाई मन परेछ । त्यसपछि खेरले लामिछानेलाई भने, ‘तिमी अहिले अनुपम खेरको डुप्स भएका छौ, तर तिमी अनुपम खेर हैन सरोज लामिछाने बनेर नै आफ्नो पहिचान बनाउनुपर्छ ।’ यो कुरा लामिछानेको कानमा अझै गुञ्जिरहेको छ । त्यसैले, उनी गर्व गर्दै भन्छन्, ‘त्यत्रो ठूलो इन्डस्ट्रीले नेपाली कलाकार रोज्नु र नेपालीको हिम्मतलाई प्रशंसा गर्नु चानचुने कुरा होइन ।’

भिडियो:

यो पनि…
मौलाउँदै छ,मौलिक पहिरन
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।