English

ओमिक्रोनले घटायाे पर्यटक



कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको पहिचानसँगै पर्यटक आगमनमा पुनः गिरावट आउन थालेको छ। अक्टोबर र नोभेम्बरमा पर्यटकको आवागमनमा उल्लेख वृद्धि देखिए पनि डिसेम्बरमा पुनः गिरावट आएको हो ।

कोरोना महामारीको प्रभाव कम हुँदै गएपछि नेपालले पुर्ण खोप लगाएका विदेशी पर्यटकलाई क्वारेन्टाइनमा बस्नु नपर्ने व्यवस्था गरेर नेपाल भ्रमणको लागि खुला गरेको थियो । सरकारले पूर्ण खोप लगाएका विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने र क्वारेन्टाइन बस्नुसमेत नपर्ने गरी ट्राभल एडभाइजरीमा संशोधन गरेपछि उत्साहजनक रुपमा विदेशी पर्यटकको वृद्धि देखिएको थियो ।

नेपालले असोज ५ गते अर्थात सेप्टेम्बर २१ मा ट्राभल एडभाइजरीमा सशोधन गरेको हो । सो महिना हवाई मार्गबाट ९ हजार ८ सय ९८ जना विदेशी पर्यटक नेपाल आएका थिए । ट्राभल एडभाइजरी जारी गरेपछि अक्टोबरमा २३ हजार २ सय ८४ जना र नोभेम्बरमा २६ हजार २ सय ८४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए जुन सेप्टेम्बर महिनाको तुलनामा दोब्बर भन्दा बढी हो तर डिसेम्बरमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेपछि भने फेरि पर्यटक आवागमनमा गिरावट आउन थालेको हो ।

पर्यटन बोर्डको तथ्यांक अनुसार डिसेम्बरमा २४ हजार ६ सय ७९ ले मात्रै नेपाल भ्रमण गरेको छ । युरोप, अमेरिकालगायतका एसियाका विभिन्न देशहरुमा समेत ओमिक्रमको संक्रमण बढ्ने त्रासमा हवाई उडान रद्द गरिएका छन् । त्यसको प्रत्यक्ष असर नेपालको पर्यटक आगमनमा परेको नेपाल पर्यटन बोर्डका निर्देशन मणिराज लामिछानेले बताए ।

नेपालले कोरोनाको संक्रमण दर विस्तारै घट्दै गएपछि ट्राभल एडभाइजरीमा संशोधन गरेपछि पर्यटक आगमनमा सुधार देखिए पनि फेरि देखिएको नयाँ भेरियन्टले आगमन दरमा कमी आएको हो । कोरोनाको नयाँ भेरियन्टको आगमन नहुँदो हो त अहिले पर्यटक आगमनमा धेरै सुधार हुने अपेक्षा पर्यटक व्यवसायीहरुको थियो ।

सन् २०२१ भरिमा डेढ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। कोभिड महामारीको लकडाउन गर्नु परेका कारण यस वर्ष पनि पर्यटक आगमनमा खासै सुधार नदेखिएको हो । पर्यटन बोर्डका अनुसार २०२१ भरिमा १ लाख ५० हजार ९ सय ६२ जनाले नेपाल भ्रमण गरेका छन् । कुल पर्यटकको दक्षिण एसियाको हिस्सा झन्डै आधा रहेको छ । दक्षिण एसियाबाट मात्रै ४७.४४ प्रतिशत अर्थात ७१ हजार ६ सय १० जनाले नेपाल भ्रमण गरेका छन् । दक्षिण एसियामा पनि सबैभन्दा बढी हिस्सा भने भारतको नै रहेको छ । कुल दक्षिण एसियाली पर्यटकमध्ये झन्डै ९३ प्रतिशत अर्थात ६४ हजार ६ सय ७३ जना भारतीयले नेपाल भ्रमण गरेका छन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।