English

अक्षयको ‘पृथ्वीराज’ ले उग्ररूप लिँदै, दुई समाजबीच आरोपप्रत्यारोप




बलिउड अभिनेता अक्षयकुमारको प्रदर्शनोन्मुख फिल्म ‘पृथ्वीराज’लाई लिएर गुर्जर र राजपूत समाजबीच आरोपप्रत्यारोप शुरू भएको छ । यो फिल्मविरुद्ध राजस्थानको अजमेरमा विरोध प्रदर्शन भइरहेको छ । फिल्ममा पृथ्वीराज चौहानलाई राजपूत समाजको भनी देखाइएको छ । जबकी गर्जुर समाजले पृथ्वीराजलाई आफ्नो समुदायको भनी दाबी गरिरहेको छ ।

यहीकारण गुर्जर समाज अजमेरको वैशालीस्थित भगवान देवनारायण मन्दिरमा बसेर प्रदर्शन गरिरहेका छन् । यता राजपूत समाजले पृथ्वीराज चौहान राजपूत रहेकाले यसलाई प्रमाणित गर्न आवश्यक नरहेको जनाएको छ । राजपूत नेता भंवर सिंहले वास्तविकतालाई बद्ल्न नसकिने भएकाले पृथ्वीराज चौहान राजपूत नै रहेको दाबी गरे ।

यो विवादका कारण गुर्जर समाजले अजमेर जिल्ला कलेक्टरलाई ज्ञापनपत्र बुझाउँदै फिल्मको रिलिजमा रोक लगाउन माग गरेका छन् । ज्ञापन पत्रमा समाजका प्रतिनिधिले पहिला फिल्म हेरेपछि मात्र रिलिज गर्न दिन मिल्ने वा नमिल्ने भनी लेखिएको छ । गुर्जर समाजले राज्यका मुख्यमन्त्री अशोक गहलोतलाई पनि ज्ञापन पत्र पठाएका छन् ।

चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको ऐतिहासिक ड्रामा फिल्म ‘पृथ्वीराज’ भारतका वीर सपूत पृथ्वीराज चौहानमा आधारित छ । फिल्ममा अक्षय कुमारले पृथ्वीराजको मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा ‘मिस वर्ल्ड’ मानुषी छिल्लरले पनि अभिनय गरेकी छन् । यो उनको डेब्यू फिल्म हो । उनले संयोगिताको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा सञ्जय दत्त, सोनू सूद र मानव विजको पनि अभिनय छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।