English

ओलीजस्तै प्रचण्ड



यतिबेला, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ न्यौपाने पक्कै पनि रनाहामा होलान् माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमा न्यौपानेले फरक मत राखे । तर, त्यो मतलाई प्रचण्डले हलुकारूपमा लिए र सार्वजनिकरूपमै टिप्पणी गरिदिए–‘उहाँको फरक मतमा केही छैन ।’ भावभङ्गीमा हेर्दा प्रष्ट हुन्थ्यो पार्टीभित्र उठेका आलोचनालाई प्रचण्डले सहजै लिन सक्दा रहेनछन् ।


न्यौपानेले आफ्नो फरक मतमा धेरै कुरा उठाएका छन्, जसको जवाफ दिन प्रचण्डले आवश्यक ठानेनन् । न्यौपाने मात्र होइन, माओवादीका अन्य नेताहरूले उठाएका केही गम्भीर प्रश्नको उत्तर दिने झ्याउलो पनि प्रचण्डले उठाउन चाहेनन् । कांग्रेस सभापति शेरबहादुर देउवादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मलाई पार्टी पंक्ति वा जनताको तहबाट प्रश्न गरेको मन पर्दैन । प्रचण्ड पनि यसमा अपवाद रहेनन् ।
त्यसैले, न्यौपानेले आफ्नो फरक मतमा हाकाहाकी नै भनिदिए– ‘माओवादीमा पनि ‘बा प्रवृत्ति’ देखियो ।

जसरी एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीभित्र ‘बा’ प्रवृत्ति भित्र्याए त्यही बाटोमा प्रचण्ड पनि हिँडिरहेका रहेछन् । माओवादीको जारी महाधिवेशनमा यो कुरालाई कसैले ठूलै स्वरमा व्यक्त गरे, कसैले मसिनो स्वरमा बोले । कम्युनिस्टहरू आफ्नो पार्टीमा व्यक्ति नभई संगठन, विचार र सिद्धान्त प्रधान हुने त बताउँछन् तर व्यवहारमा ठयाक्कै उल्टो हुन्छ ।

उनले आफ्नो फरक मतमा लेखे–‘हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन । सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र । हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रूपको ‘बा’ प्रवृत्ति देखिएको छ ।’

यसले के संकेत गर्छ भने जसरी एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीभित्र ‘बा’ प्रवृत्ति भित्र्याए त्यही बाटोमा प्रचण्ड पनि हिँडिरहेका रहेछन् । माओवादीको जारी महाधिवेशनमा यो कुरालाई कसैले ठूलै स्वरमा व्यक्त गरे, कसैले मसिनो स्वरमा बोले । कम्युनिस्टहरू आफ्नो पार्टीमा व्यक्ति नभई संगठन, विचार र सिद्धान्त प्रधान हुने त बताउँछन् तर व्यवहारमा ठयाक्कै उल्टो हुन्छ । माओवादी महाधिवेशनमा ओलीकै नक्कल गर्ने गरी प्रचण्डको ठूला–ठूला कटआउट देखि प्रचण्डको तस्वीर युक्त बेलुन आकाशमा उडाएको देख्दा प्रचण्डलाई पनि ओलीलाई जस्तै बा भनाउन मन लागेको बुझ्न कठिन छैन ।

सायद, यही बा भनाउन मन लागेर हुन सक्छ प्रचण्डले यसपटकको महाधिवेशनमा आफ्नो व्यक्ति पूजाका लागि पनि राम्रै कसरत गरे । यसपटकको महाधिवेशन विचारप्रधान बनाउने भनिए पनि प्रचण्डले आफ्नो देवत्वकरणका लागि कुनै कसर बाँकी राखेनन् । पार्टीको विचारलाई ‘प्रचण्डपथ’ भन्नुपर्ने कुरादेखि लिएर अहिलेको युगलाई ‘प्रचण्ड युग’ घोषणा गर्नुपर्ने जस्ता आत्मरतिमा प्रचण्ड रमाउन चाहेको देखियो ।

परिवारप्रति प्रचण्डको मोह त कतिसम्म छ भन्ने कुरा पटक–पटक सार्वजनिक भइसकेका छन् । प्रचण्डपुत्री रेणु दाहालदेखि बुहारी बिना मगरले माओवादी केन्द्रलाई आफ्नै घरेलु संस्था र कार्यकर्तालाई कमारो ठानेर गर्ने व्यवहारप्रति पार्टीपंक्तिबाटै बारम्बार गुनासो आउने क्रम यसपटकको महाधिवेशनमा पनि सुनियो ।

ओलीमा जस्तै प्रचण्डमा पनि उही सामन्तशैली र दम्भ यसपटकको महाधिवेशनमा उजागर भयो । ओलीमा जस्तै बा संस्कृति प्रचण्डमा पनि प्रष्टै देखियो । ओलीमा जस्तै प्रचण्डमा पनि व्यक्तिवाद र वैचारिक छलफल नरुचाउने रोग सरेको देखियो । अरूको कृुरा सुन्नेभन्दा पनि आफ्नो निर्णय पार्टीमा लाद्ने र दादागिरी शैली देखाउने प्रवृत्ति ओलीमा जस्तै प्रचण्डमा पनि देखियो । परिवारप्रति प्रचण्डको मोह त कतिसम्म छ भन्ने कुरा पटक–पटक सार्वजनिक भइसकेका छन् । प्रचण्डपुत्री रेणु दाहालदेखि बुहारी बिना मगरले माओवादी केन्द्रलाई आफ्नै घरेलु संस्था र कार्यकर्तालाई कमारो ठानेर गर्ने व्यवहारप्रति पार्टीपंक्तिबाटै बारम्बार गुनासो आउने क्रम यसपटकको महाधिवेशनमा पनि सुनियो ।

यसपटकको महाधिवेशनमा माओवादी कार्यकर्ता पंक्तिबाट पार्टी नेतृत्वमा परिवारवाद हावी भएको गुनासोदेखि लिएर सर्वोच्च नेताहरूको आचरण सुधार्नुपर्ने कुरामा प्रचण्डलाई खास रुचि नहुनुको कारण उनलाई यस्ता कुरा सुन्ने बानी नभएको प्रष्ट हुन्छ । यसैले, पहिले प्रचण्डले आफैंभित्र रहेको ओली प्रवृत्तिविरुद्ध लड्नुपर्ने देखिन्छन् । नेतृत्व र संस्थालाई विधि पद्धतिमा चलाउन न ओलीलाई रुचि थियो न प्रचण्डलाई नै ।

ओलीदेखि प्रचण्डसम्मले सार्वजनिक कार्यक्रमहरूमा आफ्ना लागि जसरी विशेष आसनको व्यवस्था गरेका हुन्छन्, त्यसले पनि उनीहरूमा आफूलाई विशेष दर्जामा राखेको देखाउन चाहेको बुझ्न कठिन छैन । साम्यवादी चिन्तन बोकेका भनिएका कम्युनिस्ट नेताहरूले देखावटी जीवन शैलीमा विश्वास नगर्नुपर्ने हो । तर, यी सब भन्ने कुरा न हुन् । किनकि, ओली र प्रचण्डको जीवनशैलीले अर्कै कथा भनिरहेको छ ।

यो पनि…
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।