English

‘केटी’को बियर ब्रामा दर्शक लठ्ठै



अमेरिकी गायिका केटी पेरी आफ्नो क्रिएटिभ आउटफिट्सले फ्यानलाई आफूतिर आकर्षित गर्न कहिल्यै पछि पर्दिनन् । उनले हालैमात्र लसभेगासमा प्ले रेजिडेन्सीको ओपनिङ नाइटमा यस्तै एक पहिरन लगाइन्, जुन पहिरनले सबैको ध्यान तान्यो ।

केटीले बियर क्यानबाट बनेको ब्रा लगाएपछि त्यो ब्राले सबैको ध्यान खिचेको थियो । आफ्नो यो वाइल्ड आउटफिटमा केटी निकै ग्ल्यामर देखिएकी थिइन् । निकै प्रयोगात्मक यो पहिरन उनका फ्यानले सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन् । उनीहरुले गायिकाको लुक्सको पनि प्रशंसा गरेका छन् ।

केटीको जुक जति धमाकेदार थियो, उनको स्टेज प्रस्तुति पनि उत्तिकै सानदार थियो । केटी सिल्भर सिक्वेन मिनी पहिरनमा थिइन् । ब्राको टुप्पोमा दुई बीयर क्यान जडान गरिएको थियो ।

आफ्नो ९० मिनेटको प्रस्तुतिमा केटी म्याजिकल ब्रा क्यानबाट बीयर निकालेर ग्लास भरेकी थिइन् । स्टेजमा केटीको अगाडि एक ठूलो मास्क राखिएको थियो । जुन मास्कसँग उनले गफ गरेकी थिइन् । उनको यो शो निकै रंगीन देखिएको थियो ।

केटीको शोमा एक ठूलो बीयर क्यानको सेट बनाइएको थियो । जसमाथि बसेर केटीले प्रस्तुति दिएकी थिइन् । उनले शोमा मसरुम जस्तो गेटअप पनि बनाएकी थिइन् । मसरुम क्राउन जस्तो क्याप, रेड आउटफिट र रेड बुटले उनी निकै सुन्दर देखिएकी थिइन् ।

यो पनि…
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)
सुटिङ नसकिँदै किन विवादमा मुछियो ‘गदर २’ ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।