English

माइतीघरमा २२ दलकाे आवाज : ‘एमसीसी खारेज गर’



मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पारित नगर्न माग गर्दै आइतबार नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २२ दलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रहितविपरीत रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले ‘जनराष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, वैदेशिक हस्तक्षेप मुर्दावाद, देश बेच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव सिपी गजुरेलले एमसीसी सम्झौता सदनबाट अनुमोदन गरेमा अमेरिकी सेना नेपाल आउन सक्ने बताए ।

नेपाल बसेर चीनविरोध गतिविधि गर्न अमेरिकाले एमसीसीमार्फत सहयोग गर्न लागेको उनको भनाइ छ । छिमेकी देश वा अन्य देशविरुद्ध क्रियाकलाप गर्न आफ्नो भूमि प्रयोग गर्न नेपालले दिन नहुने भन्दै उनले यसका लागि एमसीसी स्वीकार्न नहुनेमा जोड दिए ।



सम्बन्धित खबरहरु

२३ भाद्र : काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको छ ।घाइते हुनेहरुको विभिन्न अस्पतालमा उपचार

२३ भाद्र : काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ ।घाइते हुनेहरुको विभिन्न अस्पतालमा उपचार

२३ भाद्र : काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ ।घाइते हुनेहरुको विभिन्न अस्पतालमा उपचार

प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा वरियातमा माथि रहेको उज्वेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले आज

Latest










Popular
Suggested