यी युवती साइकलमा गर्छिन् योग (भिडियो)
२६ वर्षकी एक युवती गुडिरहेको साइकलमा योग गर्छिन् भन्दा धेरैलाई विश्वास नलाग्ला तर सत्य यही नै हो ।
उनी साइकल चढेर विभिन्न योगका आसन गर्छिन् ।
समाचारमा जनाइए अनुसार उनको नाम वियोला ब्राण्ड रहेको छ । उनी जर्मनीकी बासिन्दा हुन् ।
उनको साइकिलिङ्ग स्किल देखेर विश्ववासी हैरान छन् । सोसल मिडियामा उनका भिडियो र फोटो अत्याधिक भाइरल बनिरहेका छन् ।