English

नयाँ वर्षको पूर्वसन्ध्यामा यसकारण जलाइन्छ सयौं कार



नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा सयौं कार जलाइएको छ । दशकौं लामो परम्पराको एउटा अंशको रुपमा यो वर्ष ८७४ कार जलाइएको हो । सो विवादास्पद संस्कार रोक्ने क्रममा उत्तरपूर्वी फ्रान्सको स्ट्रसवर्गमा चार जना प्रहरी अधिकारी घाईते भएका छन् ।

कोभिड महामारीका कारण यो वर्ष जलाइने कारको संख्या पहिलेको तुलनामा घटेको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् । सन् २०१९ मा एक हजार ३१६ र सन् २०२१ मा ८७४ कारहरु जलाइयो । लकडाउनका कारण सन् २०२० को तथ्यांक भने सार्वजनिक गरिएको छैन् ।

कार जलाउने परम्परा सन् १९९० को दशकदेखि स्ट्रसवर्गमा सुरु भएको थियो । न्यून आय भएका युवाहरुले विरोधस्वरुप सुरुमा यस्तो परम्पराको थालनी गरेका थिए, जुन पछि गएर विद्रोह गर्ने एउटा संस्कार बनेको छ । सन् २००५ मा अहिलेसम्मकै ठूलो संख्यामा कार जलाइएको थियो । कार जलाइनुका विभिन्न कारण छन् ।

तीमध्ये युवाहरुको विद्रोह र आपराधिक कार्य ढाकछोप मुख्य कारण हुन् । गृहमन्त्री गिराल्ड डार्मानिनले अघिल्ला वर्षको तुलनमा थोरै कार जलेका भन्दै कानुन कार्यन्वयन निकायका अधिकारी र दमकलका कर्मचारीको प्रशंसा गरे । यो वर्ष कार जलाउने ४४१ जनालाई पक्राउ गरिएको उनले बताए ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 
घरको बार्दलीमा कपडा सुकाए जरिवाना



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको