English

दीक्षाले ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’ उचाल्दा गाैरीलाई ‘मानार्थ एमएस नेपाल’



काठमाडौंको बाफलकी दीक्षा केसी विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’ को विजेता बनेकी छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा उनले विधागततर्फको ‘ग्यालेक्सी जम्बो वासमती राईस लेडी विथ कम्प्यासन’को उपाधि पनि जितिन् ।

विजेता दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड ’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । आयोजक रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यसै वर्षदेखि वाइवाइ मिसेस नेपाल वर्ल्ड ’को विजेतालाई ‘मिसेस वल ’मा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएकाले यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागिता रहने बताए ।

प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ भए । उनीहरूले सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउनेछन् । उषाले ‘रियो मस्ट ट्यालेन्टेड’ र ‘सिजी सिमेन्ट मस्ट बोल्ड’को उपाधि पनि जितिन्

की एडभरटाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनीता लामा ‘मिसेस नेपाल वर्ल्ड फस्ट रनर्सअप’, राजश्री थापा ‘मिसेस नेपाल वल्र्ड सेकेण्ड रनर्सअप’ र मनिता प्याकुरेल ‘मिसेस नेपाल वर्ल्ड थर्ड रनर्सअप’ माधुरी कर्ण ‘एआरएस डेन्टल क्लिनकि बेस्ट स्माइल’, ‘वाइवाइ डाइनामिक भ्युअर्स च्वाइस’ र ‘प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रालय मिसेस टुरिजम एम्बेसडर’, लक्ष्मी जोशी ‘आईएमई पे पब्लिक च्वाइस अवार्ड’, सोनु मगर ढुंगेल बने।

यसैगरी, ‘रश्मीलाज फेसियल हाउस वेस्ट हेयर’, सुमिता लामा ‘नेपाल आईस वेस्ट र्‍याम्पवाक’ र ‘एन्ड पिक्चर्स मस्ट फोटोजेनिक’, माला सुनुवार ‘मालिका सेभिङ एन्ड क्रेडिट मस्ट इन्टलिजेन्ट’, ‘नारायणी अटो बिजिनेस मस्ट डिसिप्लेन्ड’, पवित्रा बानियाँ ‘हरपल फुड्स मिसेस कन्जीनियालिटी’, जयन्ती राई ‘सिल्कवेयर फेसन आइकन’, मनिता प्याकुरेल ‘असम वेस्ट पर्सनालिटी’, सुष्मिता खड्का ‘सफ्टी मस्ट व्युटीफूल’, राजश्री थापा ‘क्विक्स मस्ट कन्फिडेन्ट’, सुमित्रा पौडेल उप्रेती ‘काठमाडौं वर्ल्ड स्कुल मस्ट क्रियटिभ’ र मोनिका न्यौपाने ‘होटल सिटी पार्क म्यानेजमेन्ट च्वाइस’को विजेता बने ।

प्रतियोगितामा सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख निर्णायक तथा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लिगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं निर्णायक थिए । कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाएकी अभिनेत्री गौरी मल्ललाई ‘मानार्थ एमएस नेपाल’ उपाधिबाट सम्मान गरिएको थियो ।



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।