English

विश्व चिनाउने साताका २१ तस्बिर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्बिरले । तिनै तस्बिरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्बिरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्बिरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१. खुल्ला अकासमा ‘स्नो किज’ चरा उड्दै ।
२०.सर्बियामा क्रिसमसको दिन बाल अस्पतालमा खेलौना पुर्याउन जाँदै बाइक राइडर ।
१९. मेलबर्नमा इंग्ल्यान्ड र अस्ट्रेलियाबिचको क्रिकेट टेस्ट म्याचमा तिर्खाएका एक क्रिकेट खेलाडी जुत्ताबाट पानी पिउँदै ।
१८. अफगानिस्तानको काबुलस्थित विस्थापित बस्तीको एक घरको झ्यालबाट बाहिर हेर्दै बालक । 
१७. ब्राजिलमा आएको बाढीमा एक व्यक्ति कुकुर बोकेर गन्तब्यतर्फ जाँदै । 
१६. अफगानिस्तानमा कम्बल बेरेर बसेकी महिला ।
१५.भर्जिनियास्थित रुखमा सुतेको भालु ।
१४.भारतको मुम्बईका माछा मार्ने महिलाले बाँसको खम्बामा माछा झुण्ड्याएर  घाममा सुकाउँदै ।  
१३.भारतको अमृतसरमा नयाँ वर्षको पूर्व सन्ध्यामा हात र अनुहारमा रङ्ग लगाएर युवतीहरू तस्बिरको लागि पोज दिँदै ।
१२.कुवेतस्थित अल–हमरा टावर, नेसनल बैंक अफ कुवेत, अल–राया टावरमा देखिएको कुहिरो ।
११. अफगानिस्तान बुर्का लगाएकी महिलाले रोटी पकाउँदै ।
१०. केही दिनको वर्षापछि मौसममा सुधार आएपछि पोखराबाट शुक्रवार देखिएको हिमशृङ्खलाको दृश्य । 
९.कैलालीको टीकापुरमा निर्माण सम्पन्न भएको घण्टाघर । सङ्घीय सहरी विकास आयोजना एकाइ कार्यालयको ३ करोड २६ लाख ४२ हजार ३६६ रुपियाँको लागतमा निर्माण निर्माण भएको घण्टाघरको काम सम्पन्न भए पनि हस्तान्तरण भने गरिएको छैन । 
८.दोलखाको कालिन्चोकमा बाक्लो हिमपात परेपछि बिहीबार हिउँमा फसेका सवारी साधन । 
७.दशरथ चन्द राजमार्गको बैतडीको देहिमाडौँ क्षेत्रमा परेको हिउँ सफा गर्दै हनुमानध्वज गुल्मका नेपाली सेनाको टोली । 
६.चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा ढुङ्गामा निर्माण गरिएको दुर्लभ वन्यजन्तुको मूर्ति । 
५.आकाश उघ्रिएको अवस्थामा बिहीबार बिहान देखिएको पूर्वको पाँचथर जिल्लाको फिदिम बजार । 
४.गुरुङ समुदायले तमु ल्होसार पर्व मनाइरहँदा कर्णालीका स्थानीय महिलाहरूले आगोमा चामलको सेल पकाएको परिकारका साथै तरुल, सखरखण्ड र फर्सी खाएका छन् । 
३.हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक । 
२.चिसो बढ्दै गएपछि  चुल्होको छेउमा बसेर आगो ताप्दै जुम्ली सिमी र मकैका गेडा पकाएर खाँदै सुर्खेतका स्थानीय । 
१. सोमबारदेखि चार हप्ताका लागि डोल्पाको सदरमुकाम दुनै, जुफाललगायतका ठाउँका एक हजार भन्दा बढी उपभोक्ताहरू विद्युत् सेवा अवरुद्ध हुँदा विद्युत् नपाउने भएका छन् । केन्द्रीय विद्युत्को प्रसारण डोल्पामा जोडिएको छैन । 

तस्बिर : रासस, एपि, एएफपि,सिन्हुआ 

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ