English

यस कारण मनाइन्छ नयाँ वर्ष ‘जनवरी १’मा



सुरेशचन्द्र रिजाल

जनवरी १ मा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य नै । नयाँ वर्षको रौनक सुरु हुँदै गर्दा आममानिसमा अनेकौं जिज्ञासा र कौतूहलता हुनु स्वाभाविकै हो ।

हाम्रो पञ्चांगमा तिथि, बार, नक्षत्र, योग र करण आदिको ध्यानमा राखेर गणना गरिएको थियो, जुन विभिन्न चाडपर्वसँग मेल खएको छ। हाम्रो क्यालेन्डरअनुसार नयाँ वर्ष चैत्र शुक्ल पक्षको प्रतिपदादेखि सुरु हुने गर्छ । यसको पछाडि खगोलीय अवस्था सँगसँगै भौगोलिक तथा सांस्कृतिक र ऐतिहासिक तथ्य पनि जोडिएको छ ।

यही समयबाट नयाँ ऋतु तथा बोटबिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य पनि यही समयमा प्रथम राशि मेषमा गोचर गर्छ । तर, जनवरी १ बाट नयाँ वर्ष मनाउनुमा कुनै प्रकारको खगोलीय आधार देखिन्न । जुन बेला रोम सभ्यताको विकास हुँदै थियो, खगोलीय घटना हुन्थ्यो । त्यहाँका पूजारीले जानकारी गराउन घन्ट बजाएर कि त चिच्याएर सूचना आदानप्रदान गर्ने गर्दथे । उनीहरूले समयकालको जानकारी गराउने गर्थे, जसको नामबाट क्यालेन्डर शब्दको विकास भएको थियो भन्ने धेरै स्थानमा लेखिएको छ ।

(७०० ई.पू) भन्दा पूर्व फस्ट मार्चमा नयाँ साल मनाउने परम्परा थियो । महिनाका हिसाबले १० महिना मात्रै हुन्थ्यो । मार्च भन्नाले अगाडि बढ्नु जस्तै परेड मार्च, जसको अर्थ अगाडि बढ्नु भन्ने हुन्छ । जनवरीभन्दा पहिले फस्ट मार्चबाट नयाँ साल प्रारम्भ भएको इतिहास भेटिन्छ ।

तर, यसबेला हाम्रोमा पञ्चांग गणना भइसकेको थियो, जसमा पाँचवटा कुरा समावेश गरिएको छ । जुन तिथि, बार, नक्षत्र, योग र करण हो । तर, पश्चिमी मोडलको क्यालेन्डरमा विशेषगरी बार र गते समावेश भएको हुन्छ । उनीहरूको क्यालेन्डरभन्दा थप तीन कुरा हामीकहाँ भएकाले खगोलीय गणनाहरूमा यसको महत्व छ । पश्चिमी सभ्यतामा पनि नयाँ वर्ष मनाउने परम्परा थिएन ।

(७०० ई.पू) भन्दा पूर्व फस्ट मार्चमा नयाँ साल मनाउने परम्परा थियो । महिनाका हिसाबले १० महिना मात्रै हुन्थ्यो । मार्च भन्नाले अगाडि बढ्नु जस्तै परेड मार्च, जसको अर्थ अगाडि बढ्नु भन्ने हुन्छ । जनवरीभन्दा पहिले फस्ट मार्चबाट नयाँ साल प्रारम्भ भएको इतिहास भेटिन्छ ।

अप्रिललाई कुनै देवताको नाम दिए, त्यस्तै मे पनि उनीहरूको देवताहरूकै नाम हो । अरु महिनाको नाम नभेटेपछि क्वान्टिलिस्ट राखियो, जुन उनीहरूका इष्टदेव हुन् ।

नाम नमिलेपछि सिक्टिलेसबाट छैटौं महिनाको नाम दिए, ल्याटिना सेप्टेम्म भनेको सातौँ महिनाको नाम दिए, अक्टोबरबाट आठौं महिना, नोभेम्वरबाट नौ महिना गणना गरी डिसेम्बरको नामकरण गरे ।

नोमा पम्पालिस्ट रोमका राजा थिए (७०० ई.पू) भन्दा पछाडि उनले आाफ्नो ज्योतिषीसँगको सल्लाहअनुसार दुई महिना जोडिदिए, जनवरी र फेब्रुअरी । जेनेसबाट जनवरी र फेब्राबाट फेब्रुअरीको नाम दिएर १० महिनाबाट १२ महिनाको वर्ष बनाए ।

तर, नयाँ साल भने फस्ट मार्चबाटै सुरु हुने गर्दथ्यो । (४६ ई.पू) मा जुलियर्स सिजर रोमका राजा भएपछि ३६५ दिनलाई १२ महिनामा विभाजन गरेपछि ‘जुलियन’ क्यालेन्डर तयार पारे । त्यसपछि भएका राजाहरूले आआफ्नो पालामा नाम परिवर्तन गर्दै आफ्नो नाम राखेर महिना निर्माण गरेको इतिहास पाइन्छ ।

भारत भ्रमणका क्रममा उनीहरूले राजाको नामबाट वर्ष मनाउनुपर्छ भन्ने सोचले १७५१ मा ब्रिटिस संसद्ले क्यालेन्डर विधान पास गरेपछि विश्वभरि यो नियम लागू भएको हो । जेनेस भन्ने राजाको नामले जनवरीदेखि नयाँ वर्ष मनाउने प्रचलन रहिआएको इतिहास पाइन्छ ।

१७५१ का ब्रिटिस पार्लियामेन्टबाट संसद्ले क्यालेन्डर विधान पास गर्‍यो र संसदीय व्यवस्था भएका देशहरूमा अनिवार्य लागू गराउने नियम बनायो ।

भारतमा सक् को नामबाट सक् संवत्, बिक्रमादित्यको नामबाट विक्रम संवत्, कलि संवत् आदि नामबाट राज्य सञ्चालन भएको देखेपछि उनीहरूले सोचे, राजाको नामबाट वर्ष प्रारम्भ हुँदो रहेछ । तर, वास्तविकता के हो भनेर जान्ने कोसिस भने गरेनन् ।

भारत भ्रमणका क्रममा उनीहरूले राजाको नामबाट वर्ष मनाउनुपर्छ भन्ने सोचले १७५१ मा ब्रिटिस संसद्ले क्यालेन्डर विधान पास गरेपछि विश्वभरि यो नियम लागू भएको हो । जेनेस भन्ने राजाको नामले जनवरीदेखि नयाँ वर्ष मनाउने प्रचलन रहिआएको इतिहास पाइन्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।