English

यसरी प्रयाेग गराैँ सनस्क्रीन



डा.अनिल कुमार भट्ट, छाला तथा सौन्दर्य रोग विशेषज्ञ

सुर्यबाट आउने किरणमा यूविए, यूविबि, यूविसी, भिजिबल लाइट लगायत विभिन्न लाइटहरु हुन्छ । जसमध्ये पराबैंगनी किरण जस्मा युविए र युविबिले छालालाई केहि नकारात्मक असर गर्छ । यी पराबैगनी किरणबाट बच्नको लागि हामीले सनस्क्रीन लगाउनु पर्ने हुन्छ ।

युविबिले छालाको क्यान्सर र सनबर्न हुन्छ भने युविएले चाउरीपना, चाँया, पोतो छालाको विभिन्न समस्या र एलर्जी जस्ता समस्याहरु निम्ताउने गर्छ ।

कति एसपिएफको सनस्क्रीन लगाउने ?
एसपिएफ ३० र एसपिएफ ५० कतिको सनस्क्रीन लगाउने भन्ने प्रश्न धेरैको हुन सक्छ । एसपिएफ ३० र एसपिएफ ५० मा खासै धेरै फरक हुँदैन । साधारणतया ३० एसपिएफ लगाउँदा पनि हुन्छ । तर जस्को अनुहारमा चाँया, पोतो, कालो दागहरु छ उनीहरुले एसपिएफ ५० लगाउँदा राम्रो हुन्छ ।

एसपिएफ भनेको सुर्यको नकारात्मक किरणहरुबाट बचाउने कारक हो । यसले पराबैगनी किरण बि बाट बचाउँछ । तर, सनस्क्रीन लगाउँदा एसपिएफ मात्र नभईकन पराबैगनी किरण ए पनि भएको हेर्नु पर्छ । यदी (PA+++) अथवा ४ वटा प्लस भएको सनस्क्रीन छ भने त्यो अझ राम्रो हुन्छ ।

कुन सनस्क्रीन लगाउने ?
सबै भन्दा पहिले आफ्नो छाला कस्तो प्रकारको छ भन्ने कुरा थाहा पाउनु पर्छ । आफ्नो छाला अनुसारको सनस्क्रीनको प्रयोग गर्नु पर्छ । चिल्लो छाला छ भने पानी तथा जेल बेस सनस्क्रीनको प्रयोग गर्नु पर्छ । सामान्य छाला छ भने जुनसुकै लगाउँदा पनि हुन्छ । सुख्खा छाला छ भने क्रिम बेस सनस्क्रीनको प्रयोग गर्नु पर्छ । त्यो बाहेक कसैकसैको छाला धेरै संवेदनशील छ भने मिनिरल्स सनस्क्रीनको प्रयोग गर्नु पर्छ ।

यो पनि…
जाडोमा जोर्नी दुखाइबाट यसरी बचौँ

जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested