English

उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो ‘हङरायो’



‘हांगोले पांगो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ । यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पंक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हङरायो) को कीर्तिमानी तस्वीर खिच्न सफलता मिलेको छ ।

पहाडमा पाइने पांगो एक प्रकारको लहरे वनस्पतिको फल हो । जो ज्यादै कडा र चराले खान नसक्ने आकारको हुन्छ । उखानअनुसार एउटा चरा छ– ‘जसले पांगो देख्नेबित्तिकै हतार–हतार खान्छ । मानिसहरूले हतारमा कुनै वस्तु खाँदा ‘हांगोले पांगो’ निलेझैँ भनेर उखान जोड्ने चलन छ । चरा खोजकर्ता खरेलले इलामको सूर्याेदय नगरपालिका–१ सीमधापमा यही पुस ६ गते एक जोडी ‘हङरायो’ को तस्वीर खिचेका हुन् । लोप भएको ठानिएको यो चरा नेपालमा १९२ वर्षपछि उनले खिचेको हुँदा यसलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ ।

सन् १८२९ मा नेपालमा चराका विषयमा खोज गरेका ‘ब्राइन हड्सन’ नामका विदेशी विज्ञले नेपालमा ‘हङरायो’ भेटिएको उल्लेख गरेका थिए । त्यसयता नेपालमा यो पंक्षीको अस्तित्व कसैले पुष्टि गर्न सकेको थिएन ।

सन् १८२९ मा नेपालमा चराका विषयमा खोज गरेका ‘ब्राइन हड्सन’ नामका विदेशी विज्ञले नेपालमा ‘हङरायो’ भेटिएको उल्लेख गरेका थिए । त्यसयता नेपालमा यो पंक्षीको अस्तित्व कसैले पुष्टि गर्न सकेको थिएन । विज्ञहरूले विभिन्न दस्तावेजमार्फत यो चरा नेपालमा लोप भइसकेको जानकारी दिने गरेका थिए ।

चरा खोजीमा रुचि राख्दै आएका मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी वाइल्ड लाइफ फोटोग्राफर खरेललाई चराविद् कमल मादेनले ‘हांगोले पांगो निल्छ’ भन्ने उखान सुनाउँदै नेपालमा हङरायोको अस्तित्व हुनसक्ने बताउने गरेका थिए । मादेनले दिएको प्रेरणाका आधारमा नै उखान पछ्याउँदै जाँदा हङरायोको अस्तित्व पुष्टि गर्ने अवस्थासम्म पुर्याएको खरेलले बताए ।

‘मादेन सरले मलाई हङरायो खोज्न प्रेरित गर्नुभयो, मैले पनि सानैदेखि ‘हांगोले पांगो निल्छ’ भन्ने उखान सुन्दै आएको थिएँ’, उनले भने– ‘त्यही हङरायोलाई गाउँतिर पांगो निल्ने हांगो भन्दा रहेछन् ।’ पत्रकार सम्मेलन गरी उनले आफूले खिचेका हङरायोका तस्वीर सार्वजनिक गराउनुका साथै नेपालमा भएका चराहरूको संरक्षण जरुरी भएको बताए ।

‘हङरायो’ चरा अस्तित्वमा रहेको पुष्टि गरिदिएपछि चरासम्बन्धी खरेलको खोजको प्रशंसा भइरहेको छ । साथै, पांगो निल्ने दुर्लभ चरा पूर्वी नेपालमा डुलिरहेको छ भन्ने सत्य सावित भएको छ । ‘चराको खोजीका लागि इलामको जंगलमा डुलिरहेका बेला अचानक अनौठो चराको जोडी पखेटा फट्फटाउँदै एउटा रूखबाट अर्काे रूखमा उडेर गएको देखेँ’, खरेलले चरा भेट्टाउँदाको क्षण सम्झिँदै भने– ‘हत्तपत्त क्यामेरा निकालेर ४५ सट तस्वीर खिचेर हेर्दा नेपालमा लोप भइसकेको घोषणा गरिएको हङरायो पो रहेछ भन्ने थाहा भयो ।’

धनेश चराको जस्तो मोटो चुच्चो र टाउकामा सिङजस्तो देखिने कडा भाग भएको ‘हङरायो’ निकै लामो र ठूलो हुने खरेलले बताए । झापाको मेचीनगरमा अरू तीन प्रकारका ‘हङरायो’को प्रजाति फेला पारिसकेको भए पनि ‘रुफ्स नेक्ड हर्नबिल’ प्रजातिको चरा फेला पार्नु आफ्नो ‘वाइल्ड लाइफ फोटोग्राफी’ जीवनका लागि अभूतपूर्व उपलब्धि बनेको उनले सुनाए ।

वाइल्ड लाइफ फोटोग्राफीमा रुचि राख्ने खरेलले विगत पाँच वर्षदेखि निजी खर्चमा चराको खोज अनुसन्धान र संरक्षण गर्ने अभियान सञ्चालन गरिरहेका छन् । उनले नेपालमा पाइने ८ सय ८७ मध्ये ४०० भन्दा बढी प्रजातिका चराको तस्वीर आफ्नै क्यामेराले कैद गरिसकेका छन् ।

वाइल्ड लाइफ फोटोग्राफीमा रुचि राख्ने खरेलले विगत पाँच वर्षदेखि निजी खर्चमा चराको खोज अनुसन्धान र संरक्षण गर्ने अभियान सञ्चालन गरिरहेका छन् । उनले नेपालमा पाइने ८ सय ८७ मध्ये ४०० भन्दा बढी प्रजातिका चराको तस्वीर आफ्नै क्यामेराले कैद गरिसकेका छन् ।

झापाको मेचीनगर नगरपालिकालाई नेपालकै सबैभन्दा बढी चरा पाइने पालिकाका रूपमा चित्रण गर्दै आएका उनले मेचीनगरमा मात्र ३०० भन्दा बढी प्रजातिको चराको तस्वीर खिचिसकेको दाबी गरेका छन् । ‘संरक्षित क्षेत्रबाहेक नेपालमा सबैभन्दा बढी चरा पाइने ठाउँ मेचीनगर नै हो’, उनी भन्छन्–‘यहाँ खोला चरा मात्रै पनि २० प्रजातिका छन् भने दुर्लभ मानिएको तीन प्रजातिका हङरायो भेटिएको रेकर्ड मसँग छ ।’

चराविद् मादेनले नेपालमा लोप भइसकेको घोषणा गरिएको रुफ्स नेक्ड हर्नबिलको पुनः खोजी गर्ने र पहिलो तस्वीर खिच्ने व्यक्ति झापाका खरेल नै भएको बताएका छन् । उनले एउटा लेखमा भारत, भुटान, चीन, म्यान्मार र थाइल्यान्डमा थोरै संख्यामा पाइने यो चरा नेपालमा लोप भएको भनेर केही विज्ञले झुटो दाबी गरेको भएता पनि आफूले ‘हङरायोले पांगो निल्छ’ भन्ने प्रचलित उखानका आधारमा पूर्वी पहाडमा यसको अस्तित्व रहेको अनुमान सार्वजनिकरूपमै गर्दै आएको जिकिर गरेका छन् ।

क्यारोल इन्स्किप र टी इन्स्किपले संयुक्तरूपमा सन् १९८५ मा प्रकाशित गरेको ‘अ गाइड टु दी बर्डन् अफ नेपाल’ नामक पुस्तकमा यो चरा नेपालबाट सम्भवतः लोप भइसकेको भनेर उल्लेख गरेका थिए । विदेशी विज्ञहरूले पर्याप्त खोज नै नगरी ‘हङरायो’ लोप भयो भनी गरेको घोषणालाई चरा खोजकर्ता खरेलले गलत सावित गरिदिएकामा खुसी लागेको मादेनले उल्लेख गरेका छन् ।

खरेलले नै मेचीनगर–३ बेँसीबजारमा ग्रेट हर्नबिल, मेचीनगर–११ को बाँसबारी वनमा ओरियन्टल हर्नबिल र मेचीनगर–६ काँकडभिट्टामा इन्डियन ग्रे हर्नबिलको तस्वीर खिचेको जानकारी दिए । स्थानीय लोकतन्त्र पोष्ट दैनिकमा फोटो पत्रकारितासमेत गर्दै आएका खरेलले चराहरूको खोज तथा अनुसन्धानमा हालसम्म सात लाख निजी खर्च गरिसकेको र कुनै निकायबाट आर्थिक सहयोग नपाएको बताए । पुरानो भइसकेको क्यामेरा र लेन्सबाट चरा खोज गर्न असजिलो हुँदै गएको समस्या सुनाउँदै उनले अत्याधुनिक प्रविधियुक्त क्यामेरा किन्न सामथ्र्य नरहेको जानकारी दिए ।

विदेशी विज्ञहरूले पर्याप्त खोज नै नगरी ‘हङरायो’ लोप भयो भनी गरेको घोषणालाई चरा खोजकर्ता खरेलले गलत सावित गरिदिएकामा खुसी लागेको मादेनले उल्लेख गरेका छन् ।

तीन सयभन्दा बढी प्रजातिका चरा पाइने मेचीनगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरेर चरा मार्न निषेध गरिनुपर्ने उनले माग गरेका छन् । यही क्षेत्रमा उनले गत वर्ष विश्वमै दुर्लभ मानिएको हरित परेवाका तस्वीर खिचेका थिए । इलामको रोङमा खिचेको ‘रातोढाडे पुष्पकोकिल नामक’ चराको तस्वीर खिच्ने पनि उनी नेपालको पहिलो व्यक्ति भएको बताइएको छ ।

नेपालमा चरा पर्यटनको प्रचुर सम्भावना रहेको जनाउँदै उनले स्थानीय सरकारले यस विषयमा चासो नदेखाएकामा दुःख व्यक्त गरे । सिमसार मासिने, जंगल क्षेत्रमा मानव अतिक्रमण बढ्ने र खोलाहरूमा ट्र्याक्टर र टिपरको बढ्दो कर्कस आवाजले चराको बासस्थान नासिने क्रम बढेको उनको धारणा छ ।

याे पनि…
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला

पर्यटकको पर्खाइमा शङ्ख बज्ने पहरा



सम्बन्धित खबरहरु

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो