English

‘दबंग ४’मा नयाँ भुमिकामा सलमान खान



बलिउड अभिनेता सलमान खानको सुपर कप ड्रामा ‘दबंग’को हरेक सिक्वेल फ्यान र दर्शकका लागि मनोरञ्जनपूर्ण बनिरहेको छ । यही कारण ‘दबंग’, ‘दबंग २’, ‘दबंग ३’पछि सलमान ‘दबंग ४’ लिएर आउँदैछन् । नयाँ वर्ष २०२२ को छेकोमा ‘दबंग ४’को विषयमा नयाँ तथ्य बाहिर आएको छ ।

यसअघि तीन संस्करणमा प्रहरीको भूमिकामा देखिएका सलमान ‘दबंग ४’मा राजनेताको चरित्रमा देखिँदैछन् । फिल्मको निर्देशन निर्देशक तिग्मांशु धुलियाले गर्दैछन् । उनले नै फिल्मको स्क्रिप्टको काम पनि गरिरहेका छन् ।

अभिनेता सलमान र अरबाज खानले तिग्मांशूले सुनाएको प्रारम्भिक कथालाई मन पराएपछि तिग्मांशुले यसको स्क्रिप्ट फाइनलको तयारी गरिरहेका छन् । स्क्रिप्टको विस्तृत विषय सार्वजनिक नगरे पनि तिग्मांशु निकट स्रोतका अनुसार फिल्ममा सलमानलाई राजनीतिमा प्रवेश गराइनेछ । जसकारण दर्शकले मनोरञ्जनको डबल डोज पाउने अनुमान गरिएको छ ।

हाल सलमान ‘टाइगर ३’को सुटिङ पूरा गर्न कम्मर कसेर लागेका छन् । यसपछि उनी ‘कभी ईद कभी दीवाली’मा व्यस्त हुनेछन् । सलमान सन् २०२२ को अन्त्यसम्ममा ‘दबंग ४’को सुटिङ सकाउने तयारीमा छन् ।

यो पनि…
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)
सुटिङ नसकिँदै किन विवादमा मुछियो ‘गदर २’ ?



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले