यौन स्वास्थ्यका लागि अपनाउनुस् यी बानी
जीवनका लागि यौन स्वास्थ्य एकदमै महत्त्वपूर्ण हुन्छ । कति पायले गोप्य अङ्गको स्वच्छतामा ध्यान दिँदैनन् । यसले विभिन्न समस्या निम्ताउने गर्छ । यौन स्वास्थ्यका लागि अपनाउनुस् यी बानीस्
–सधैँ सफा र सुख्खा अन्डरवरहरू लगाउनुहोस् ।
–व्यायामपछि भित्री वस्त्र पसिनाले भिजेका हुन्छ । यसले सङ्क्रमणको जोखिम हुन्छ । त्यसैले व्यायामपछि नुहाएर भित्री वस्त्र फेर्नुहोस् ।
–प्रत्येक ३ महिनामा भित्री वस्त्र फेर्नुहोस् ।
–कटनको भित्री वस्त्र प्रयोग गर्नुहोस् ।
–नुहाउँदा मनतातो पानीले गोप्य अङ्ग सफा गर्नुपर्छ ।
–महिनावारी भएको समयमा नियमित रूपमा प्याड फेर्नुहोस् ।
–सार्वजनिक शौचालय प्रयोग गर्दा विशेष गरी सावधान रहनुहोस् ।
–कुनै किसिमको सङ्क्रमण भएमा समयमै सही उपचार र उचित हेरचाह गर्नुहोस् ।
छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?