English

ओहो, एक बोतल पानीको मूल्य कति धेरै !



प्रकृतिले धर्तीलाई केही अनमोल चिजले सजाएको छ, जहाँ मानिसका लागि बोटबिरुवादेखि लिएर हावा, पानी रहेका छन् । तर यो पनि सत्य हो कि, जब यी कुरा मानिसको हातमा आयो, तब यसको मूल्य निर्धारण हुन थाल्यो ।

पिउने पानीको लागि पनि मानिसहरु महङ्गो मूल्य तिर्न बाध्य छन् । यस्तै एउटा शहर हो ओस्लो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको एक रिपोर्टका अनुसार एक सर्वेक्षणमा ओस्लोमा बोतलको पानीको मूल्य १२० शहरमा रहेको औसत मूल्य भन्दा तीन गुणा धेरै रहेको छ।

तेल अवीव, न्यूयोर्क, स्टकहोम र हेलसिन्की जस्ता देशमा पनि बोतलको पानी किन्दा महङ्गो मूल्य तिर्नुपर्दछ । यस सर्वेक्षणमा भर्जिनियामा एक बोतल पानीको १ सय १५, लस एन्जिलसमा १ सय ११, न्यू आरलियन्समा १ सय ७ र सैन जोशमा एक बोतल पानीको ९० रुपैयाँ पर्दछ ।

पानीको मामिलामा ओस्लो सबैभन्दा महङ्गो शहर हो । त्यसपछि लस एन्जलस, फिनिक्स, स्यानफ्रान्सिस्को र स्यान डिएगो विश्वकै टप २० महङ्गा शहरमा पर्दछन् । ओस्लोमा १ सय २० शहरको तुलनामा पानीको मूल्य २ सय १२ प्रतिशत महङ्गो छ र बोतलको पानी अन्य शहरको तुलनामा १ सय ९५ प्रतिशतले महङ्गो छ ।



सम्बन्धित खबरहरु

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो