English

त्यो एक चटक थियो,यो एक नाटक हो



नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद ओलीबीच एउटा समानता छ । त्यो समानता हो, यी दुवै कम्युनिस्ट नेता बेला–बेला आ–आफ्ना कार्यकर्तामाझ गजबकै प्रहसन गर्छन् । दुवैको अर्को समानता के पनि हो भने दुवै नेता आफ्ना बेढंगी प्रहसनलाई कार्यकर्तालाई थपडी बजाएर मन पराउनै पर्छ भन्ने मान्यता पनि राख्छन् ।

एमाले अध्यक्ष ओलीलाई अहिले थाँती राखौं । किनकि, प्रचण्डको पार्टी अहिले महाधिवेशनको मेलामा मग्न छ ।

प्रचण्डले प्रज्ञा प्रतिष्ठानमा १२ पुसमा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आफैँमा प्रचण्डको प्रहसनभन्दा कम देखिएन ।

काठमाडौंमा जारी महाधिवेशनमा प्रचण्डले पेश गरेको ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ नाम दिइएको राजनीतिक दस्तावेजमाथि चर्को आलोचना भएको छ ।

प्रचण्डले आफ्नो प्रतिवेदनमा धेरै कुरा उठाएका छन्, त्यसमध्ये धेरै मुद्दामा प्रचण्ड अहिले आलोचित बनेका छन् । यसमा पनि विशेषगरी अमेरिकाको आलोचना, भारत भक्ति र चीन फुस्ल्याउने जुन शब्दहरू प्रचण्डले प्रतिवेदनमा भेला पारेका छन्, त्यो अहिले उनकै पार्टीभित्र आलोचित बन्न पुगेको छ ।

प्रचण्डले आफ्नो प्रतिवेदनमा धेरै कुरा उठाएका छन्, त्यसमध्ये धेरै मुद्दामा प्रचण्ड अहिले आलोचित बनेका छन् । यसमा पनि विशेषगरी अमेरिकाको आलोचना, भारत भक्ति र चीन फुस्ल्याउने जुन शब्दहरू प्रचण्डले प्रतिवेदनमा भेला पारेका छन्, त्यो अहिले उनकै पार्टीभित्र आलोचित बन्न पुगेको छ ।

पहिलो हो, अमेरिकाको कुरा । प्रचण्डले प्रतिवेदनमार्फत चीनलाई रोक्न अमेरिकाले भारत, बेलायत र अस्ट्रेलियासँग सम्बन्धलाई कसिलो बनाएको दाबी गरेका छन् । कतिसम्म भने हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले साझेदार देशसमेतको साथमा युद्धको कसरत गरिरहेको बताउन पनि प्रचण्ड पछि परेका छैनन् । यसैका लागि अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गरेको उनको तर्क छ । यसलाई उनले नयाँ शीतयुद्धको संज्ञा पनि दिएका छन् । अमेरिकालाई साम्राज्यवादी शक्तिको नाम दिँदै प्रचण्डले आफ्नो प्रतिवेदनमा अमेरिकालाई विश्वकै खलनायकको रूपमा चित्रण गर्न धेरै शब्द खर्चिएका छन् ।

त्यसो त अमेरिकालाई ‘साम्राज्यवादी’ को संज्ञा दिनु कम्युनिस्टहरूको आधारभूत चरित्र नै भयो । तर, प्रचण्डको यो प्रतिवेदनले अमेरिकासँग प्रचण्डको व्यक्तिगत सम्बन्ध सहज अवस्थामा रहेनछ भन्ने प्रष्ट पार्छ । यसैले उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) को खुलेर विरोध नगरे पनि नेपालबाट एमसीसी सहजै पास हुन नदिने संकेत आफ्नो प्रतिवेदनबाट गरिसकेका छन् ।

अमेरिकालाई आफूले फुटेको आँखाले पनि हेर्न नचाहेको जस्तो शैलीमा प्रचण्डले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् । तर, प्रचण्ड भारतलाई हेर्ने दृष्टिकोणमा भने चुपचाप छन् ।

माओवादीले सशस्त्र संघर्ष शुरु गर्ने बेलादेखि एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दस्तावेजमा समेत ‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद’ भन्ने शब्द अझै ताजै छ ।

यी तीनै प्रचण्ड हुन् जसले ०५२ फागुनदेखि शुरु गरेको जनयुद्घका बेलामा भारतसँग सुरुङयुद्घ गर्ने भन्दै सुरुङ खन्न लगाएजस्तो अभिनय गर्न पनि भ्याएका थिए ।

माओवादीले सशस्त्र संघर्ष शुरु गर्ने बेलादेखि एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दस्तावेजमा समेत ‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद’ भन्ने शब्द अझै ताजै छ ।

बुझ्न कठिन छैन–‘त्यो एक चटक थियो, यो एक चटक हो ।’

अमेरिकामाथि शब्दवाण चलाएका कमरेड प्रचण्ड अहिले भारतप्रति मौन हुनुको अर्थ अहिले माओवादीकै कार्यकर्ताले खोजिरहेका छन् । महाधिवेशनको मेला भर्न आएका माओवादी प्रतिनिधिहरूले पनि प्रचण्ड भारतप्रति नतमस्तक देखिएपछि गम्भीर प्रश्न उठाएका छन् ।

कतिसम्म भने प्रतिवेदनमाथिको समूह छलफलका क्रममा प्रतिनिधिहरूले ‘भारतीय विस्तारवाद’ प्रचण्डले आफ्नो प्रतिवेदनमा किन नबोलेको भन्दै आपत्ति जनाएका छन् ।

त्यसो भए प्रचण्डका लागि अब भारत विस्तारवादी हुन छाडिसकेको हो ? स्वाभाविक हो, यो प्रश्न महाधिवेशनमा उठेको छ ।

कतिसम्म भने प्रचण्डले आफ्नो प्रतिवेदनमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशित हुनुलाई उपलब्धि मान्न पनि अन्कनाएका छन् । त्यसलाई अपनत्वसमेत लिइएको छैन । जबकि, प्रचण्डले आफ्नो पहलमा नयाँ चुच्चे नक्सा जारी भएको दाबी गर्दै आएका थिए ।

नेकपाका तत्कालीन अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला २०७७ जेठमा सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको देशको स्मरणमा अझै ताजै छ । त्यसबेला प्रचण्ड नेकपाका अध्यक्षद्वयमध्ये एक थिए भन्ने कुरा पनि धेरैको स्मृतिमा छँदैछ ।

नेकपाका तत्कालीन अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला २०७७ जेठमा सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको देशको स्मरणमा अझै ताजै छ । त्यसबेला प्रचण्ड नेकपाका अध्यक्षद्वयमध्ये एक थिए भन्ने कुरा पनि धेरैको स्मृतिमा छँदैछ ।

तर, अहिले प्रचण्डको स्मरण शक्ति कसरी कमजोर हुन पुग्यो ? के अब नेपाल–भारतबीच सीमालगायत कुनै पनि विवाद नभएको प्रचण्डको ठहर हो ? प्रचण्डको प्रतिवेदनबाट उक्त कुरा गायब हुनासाथ भौगोलिक यथार्थता पनि बदलिएको हो ? यस्ता प्रश्नहरूमा अहिले देशभरिबाट काठमाडौंको चिसोमा भेला भएका माओवादी प्रतिनिधिहरूले तात्तातो बहस गरिरहेका छन् ।

‘भारतीय विस्तारवाद मुर्दावाद’ को नारा लगाउँदै नेपालमा जन्मिएका कम्युनिस्टहरूमध्ये स्वयं प्रचण्ड पनि एक हुन् ।

तर, अहिले आएर प्रचण्ड जसरी आफ्नो प्रतिवेदनमा भारतप्रति मौन देखिए त्यसबाट के अब अर्थ लगाउन सकिन्छ ?

चीन र भारतलाई एकसाथ फुस्ल्याउन सायद प्रचण्ड अमेरिकाबारे आक्रामक देखिएका हुन सक्छन् ।

यदि, यस्तो हो भने ‘नेपाल–भारत भाइ–भाइ, अमेरिकी साम्राज्यवाद बाईबाई’ प्रचण्डको नयाँ नारा हुन सक्छ, कम्तिमा उनको प्रतिवेदनले यस्तै संकेत गर्छ ।

प्रचण्डको मुखारविन्दुबाट पनि सम्भवतः अबका दिनमा यही नारा घन्किने छ ।

यो पनि…
सम्पादकीय : एनआरएनएमाथि बुल्डोजर चलाउन बन्द गर सरकार

एमाले मेलामा खड्गप्रसादले देखाएको चटक



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०