English

जाडोमा जोर्नी दुखाइबाट यसरी बचौँ



डा .सरोज कुमार सुवाल,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ

जाडोमा बढ्दो चिसोका कारण धेरै स्वास्थ्य समस्याहरू हुने गर्छन् । जोर्नी दुख्ने समस्या पनि तीमध्येको एक हो । वास्तवमा जाडोमा तापक्रम घट्दा मांसपेशीहरू तन्कन थाल्छन् । जसका कारण जोर्नी वरपरका नसाहरू फुल्न थाल्छन् । यसले जोर्नीहरूमा कडापन र दुखाइ बढ्छ । जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउन मानिसहरू विभिन्न औषधि, तेल र बामको प्रयोग गर्छन् ।

जाडोमा जोर्नी दुखाइ बढ्नुको कारण
साधारणता, जोर्नी दुखाइका थुप्रै कारण हुन्छन् । बाथ, युरिक एसिड, हड्डीमा चोट लाग्नु, हड्डीको क्यान्सर, आथ्रोइटिस, मोटोपन, ब्लड क्यान्सर, बढ्दो उमेर आदिको कारण हाड जोर्नी दुख्ने गर्छ ।

जाडो मौसममा वायुमण्डलीय दबाब न्यून हुनाले जोर्नी तथा मांसपेशीहरू सुन्निने समस्या हुन्छ यसकारण दुखाइ पनि वृद्धि भएर जान्छ । जाडो याममा हात गोडाहरूमा तुलनात्मक रूपमा रक्तसञ्चारमा कमी हुनाले पनि दुखाइ बढ्छ ।

चिसो मौसममा सूर्यको किरण पर्ने समय छोटिँदा शरीरमा भिटामिन–‘डी’ को मात्रा कमी हुँदा हाड जोर्नीको दुखाइ बढ्छ ।

खानपानमा ध्यान नदिँदा तथा खानामा क्यालसियमको कमीले पनि जाडोमा जोर्नी दुखाइको समस्या हुन सक्छ ।

बच्ने उपाय
चिसो तथा जोर्नी दुखाइबाट बच्नको लागि केही कुराहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ । सबैभन्दा पहिलो कुरा त शरीरलाई न्यानो बनाएर राख्नुपर्छ । न्यानो कपडा लगाउने र हिटरले कोठालाई न्यानो बनाउनुपर्छ ।

शारीरिकरूपमा सक्रिय रहनुपर्छ । जाडोमा जोर्नीको समस्याबाट बच्न पारिलो घाममा बस्ने । भिटामिन ‘डी’, क्याल्सियम तथा पोषणयुक्त खाना प्रशस्त मात्रामा खानुपर्छ ।

शरीरलाई तातो बनाउनको लागि तेल मालिस गर्ने र तातो झोलिलो खानेकुरा प्रशस्त मात्रामा खान सकिन्छ ।

वृद्ध वृद्धाहरूमा जोर्नी दुख्ने समस्या देखिएको छ भने भर्‍याङ ओर्लिने उक्लने प्रक्रियालाई कम गर्नुपर्छ । धेरै चिसोमा मर्निङवाक जानु हुँदैन । घरमा नै सामान्य खालका व्यायामहरू गर्नुपर्छ ।

यी माथिका कुराहरूमा ध्यान दिँदा पनि जोर्नी दुखाइ कम भएन भने । अन्य हड्डी तथा नशाको रोगहरूका कारणले पनि हुन सक्छ । त्यसैले, सम्बन्धित डाक्टरको परामर्श लिनुपर्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।