English

नेपालले जित्याे एभिसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि, पुरूष टिम पदकविहीन




नेपाली महिला भलिबल टोलीले बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ। ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले उपाधि जितेको हो।

बेस्ट अफ फाइभमा दुवै टिमले दुई–दुई सेट जितेपछि उपाधिको छिनोफानो अन्तिम सेटमा भएको थियो।

नेपालले २६-२४, २४-२६, २५-१५, २२-२५, र अन्तिम सेटमा १५-११ स्कोर बनाउँदै जित हात पारेको हो।

राउण्ड रोबिनको लिग खेलमा नेपालले यसअघि उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो। नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो भने उज्वेकिस्तान दोस्रो स्थानमा रहँदै फाइनल पुगेको थियो

पुरूष टिम पदकविहीन

मंगलबार ढाकामा भएको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपाल पराजित भयो।

नेपाललाई उज्वेकिस्तानले ३-० को सेटमा पराजित गर्‍यो। पहिलो सेट २५-१५ ले गुमाएको नेपाल दोस्रो सेटमा २५-१७ ले हार्‍यो। तेस्रो सेटमा पनि २५-२२ ले पराजित भएपछि नेपाल पदकविहीन बन्न पुग्यो।

यसअघि नेपालले समूह चरणमा दुई खेलमा विजयी हुँदै तेस्रो स्थानका लागि प्रतिस्पर्धा पक्का गरेको थियो।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested