English

सन्तोष शाहले जिते बीबीसी मास्टरसेफ प्रोफेस्नल्सको ‘रिम्याच’



बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष शाहले अर्को विश्वविख्यात उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका हुन् ।

सिरहाका ३४ वर्षीय शाहले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेँडाको चट्नी, कटहर पोलेको, मालपुवा, बुनियाजस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए । विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टलाई पुनः अवसर दिँदै सो प्रतिस्पर्धा गराइएको हो ।

प्रतिस्पर्धामा सन् २०१७ का फाइनलिष्ट जेमी पार्क र सन् २०२० का फाइनलिस्ट सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली सहभागी थिए । साहले भविष्यमा सेन्टर लण्डनमा नेपाली परिकारका खानासहितको रेष्टुरेन्ट खोल्ने घोषणा गरेका छन् ।

उनले नेपालका विभिन्न भेग तथा जातजातिका मौलिक खाना तथा मसलाको अध्ययन गरेर ‘आयला’ नामको पुस्तकसमेत प्रकाशन गरेका छन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार