English

सेयर बजारमा फेरि पहिरो



आइतबार ७१.२० अंकले बढेको सेयर बजारमा फेरि पहिरो गएको छ। यसदिन नेप्से ६९.७७ अंकले घटेर २५ सय २१ बिन्दुमा पुगेर बन्द भएको छ। २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६ सय ७१ रुपैयाँमा खरिद-बिक्री भयो। आइतबार २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँमा कारोबार भएको थियो।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक ओरालो लागेको छ। यसदिन निर्जीव विमा समूहको सर्वाधिक ५.१५ प्रतिशतले घटेको हो। यस्तै अन्यको ४.६२,जलविद्युतको ३.८३, विकास बैंकको ३.९२,वित्तको ३.३१,लगानी समूहको ३.७३ प्रतिशत परिसूचक घटेको छ।

यस्तै, यसदिन दुई कम्पनीको मात्रै सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गुराँस फाइनान्स र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा यसदिन नबिल बैंक शीर्षस्थानमा रहेकाे छ। सो कम्पनीको आज ३० करोड भन्दा बढीको सेयर कारोबार भएको छ। यस्तै, शिवम् सिमेन्टको २६ करोड बराबरको सेयर कारोबार गरेर दोस्रो स्थानमा रहेको छ।

सोमबार पनि नबिल बैंक अग्रस्थानमा रहेको थियो। सो कम्पनीको ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।



सम्बन्धित खबरहरु

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

Latest










Popular
Suggested