English

रेखाका कारण हालसम्म अविवाहित सलमान



बलिउडका भाइजान अर्थात् सलमान खानले आज ५६औं जन्मदिन मनाइरहेका छन् । जन्मदिनको एक दिनअघि उनलाई सर्पले टोकेको थियो । तर अहिले उनको अवस्था ठिक छ र डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

सलमान भन्नासाथ उनको विवाह कहिले हुने भन्ने चासो जोकोहीको रहन्छ । तर सलमानका अनुसार उनी एक अभिनेत्रीका कारण जीवनभर अविवाहित नै रहे । ती अभिनेत्री हुन्, रेखा ।

‘टिनएजमा म रेखाबाट धेरै प्रभावित थिएँ । त्यो समयमा रेखा र हामी छिमेकी थियौं । म रेखालाई मर्निङ वाकमा जाँदै गरेको हेर्नलाई बिहान साढे ५ बजे उठ्ने गर्थें । रेखाकै चक्करमा म योग कक्षा भर्ना पनि भएँ’,

सलमानले एकपटक आफूले विवाह गर्न नचाहेको कारणको खुलासा गरेका थिए । यो खुलासा उनले सन् २०१४ मा ‘बिग बोस’को सेटमा गरेका थिए । जुन समयमा रेखा आफ्नो फिल्म ‘सुपर नानी’को प्रमोसनका लागि पुगेकी थिइन् ।

‘टिनएजमा म रेखाबाट धेरै प्रभावित थिएँ । त्यो समयमा रेखा र हामी छिमेकी थियौं । म रेखालाई मर्निङ वाकमा जाँदै गरेको हेर्नलाई बिहान साढे ५ बजे उठ्ने गर्थें । रेखाकै चक्करमा म योग कक्षा भर्ना पनि भएँ’, सलमानले भनेका छन् ।

सलमानका अनुसार योग कक्षामा रेखा नियमित योग सिकाउँथिन् । जहाँ सलमानका साथीहरु पुग्थे । रेखाका अनुसार सलमानले आफ्नो घरमा आफू ठूलो भएपछि रेखासँग विवाह गर्ने प्रस्ताव गरेका थिए । ‘सायद यही कारण मेरो विवाह हुन सकेन’, सलमान भन्छन् । सलमानको कुरा सकिन नपाउँदै रेखाले पनि ‘सायद आफ्नो पनि यही कारणले नभएको हो कि’ भनेकी छन् ।

यो पनि…
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
सुटिङ नसकिँदै किन विवादमा मुछियो ‘गदर २’ ?



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested