English

नेपालबाट लोप भएको छैन धनेश



अनुसन्धानविना नेपालबाटै लोप भइसकेको भनिएको धनेश भेटिएको छ । काँकडभिट्टाका वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेलले इलामको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित सिमधापमा हालै धनेश (हङ्रायो)को फोटो कैद गरेपछि नेपालबाट लोप भइसकेको छैन भन्ने पुष्टि भएको हो ।

नेपालमा नै फोटो कैद हुनुले नेपालबाट धनेश लोप नभएको पुष्टि भएको पंक्षीका खोजकर्ता खरेलले बताए । ‘चराको अध्ययनको क्रममा मैले अहिलेसम्म हासिल गरेको दोस्रो उपलब्धि हो,’ खरेलले भने, ‘जीव विज्ञान तथा पंक्षीको अध्ययन गर्नेहरूको लागि यो ठुलो कुरा हो ।’ खरेलले हङ्रायो भेटिएको क्षेत्रलाई संरक्षण र खोज अनुसन्धानको केन्द्र बनाउन सकिने बताए ।

हङ्रायो पहिलो पटक सन् १८२९ मा नेपालमा भेटिएको थियो । त्यसपछि सन १८५० मा नेपालबाटै संकलन गरिएको हङ्रायोको नमुना बेल्जियममा संग्रहित गरिएको बताइन्छ । खरेलले आफूले भेटेको हङ्रायो रैथाने हुनसक्ने बताउँछन् ।

‘उनीहरूको हाउभाउ हेर्दा वासस्थान पनि नजिकै हुनुपर्छ, डुलन्ते भए एकै ठाउँमा धेरैबेर बस्दैन’, उनले भने, ‘स्थानीयले पनि त्यहाँ लप्सीको बोटमा देखेका रहेछन्, हामीले फोटो देखाएपछि स्थानीयले पहिले पनि त्यो चरा त्यहाँ देखेको सुनाए ।’

‘उनीहरूको हाउभाउ हेर्दा वासस्थान पनि नजिकै हुनुपर्छ, डुलन्ते भए एकै ठाउँमा धेरैबेर बस्दैन’, उनले भने, ‘स्थानीयले पनि त्यहाँ लप्सीको बोटमा देखेका रहेछन्, हामीले फोटो देखाएपछि स्थानीयले पहिले पनि त्यो चरा त्यहाँ देखेको सुनाए ।’

नेपालमा डेढसय वर्षयता हङ्रायो देखिएको थिएन । लामो समयदेखि नेपालमा नदेखिएपछि सन १९८५ पछि नेपाबाट हङ्रायो हराएको अनुमान गर्न थालिएको थियो । विज्ञहरूको अनुसन्धानविना नै सन् २०२० आइयुसिएनको चरासम्बन्धी डकुमेन्टमा हङ्रायो नेपालबाट लोप भइसकेको उल्लेख गरिएको जैविक विविधताका अध्येता कमल मादेनले बताए ।

‘नेपालमा अनुसन्धानै नगरी हङ्रायोलाई नेपालबाट लोप भएको चराहरूको सूचिमा गणना गर्न थालिएको थियो’, मादेनले भने, ‘नेपाललमानै पहिलो पटक फोटो कैद भएपछि नेपालबाट लोप भएको छैन भन्ने पुष्टि भयो ।’

नेपालमा ८८६ प्रजातिका चराचुरुङ्गी पाइन्छ । नयाँ फेला परेका दुई प्रजातिका चरा सूचीकरणको प्रक्रियामा छन् । ती प्रजातिको सूचीकरण पूरा भएपछि नेपालमा पाइने चराचुरुङ्गीको संख्या ८८८ पुग्नेछ । इलाममा मात्र ४०० भन्दा बढि प्रजातिको चराचुरुङ्गी पाइने गरेको अनुमान छ ।



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।