English

बगरमा उखु खेती, दिनचर्या नै बदलिने आम्दानी



नदीको बगरमा उखु खेती गर्न थालिएपछि कञ्रचनपुरकाे लालझाडी गाउँपालिका–४ चन्दापुरका रामप्रवेश रानाको दिनचर्या नै बदलिएको छ । दोदा नदीको बगरमा उनले पाँच वर्षअघिदेखि उखुखेती गर्दै आएका छन् । बगरमै उखु खेती गरेर सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा राना परिचित छन् । डेढ दशकअघि कञ्चनपुरकाे दोदा नदीमा आएको बाढीले उनीसहित धेरै परिवारको जग्गा बगाएर बगरमा परिणत भएको थियो । नदीले जग्गा बगाएपछि रानालाई परिवार पाल्नकै लागि अन्यत्र भौतारिनुपर्ने बाध्यता थियो ।.

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाले नदीले बगर बनाएको जग्गामा उखुखेती गर्न सकिने सल्लाह दिनाका साथै बीउबिजन र प्राविधिक सल्लाह पनि दिएपछि राना परिवारले उखु खेती गर्दै आएको थियो ।

उखु खेती गरेपछि घरखर्च चलाउनका लागि कतै जानै परेन उनले भने– ‘उखु खेतीबाट राम्रै आम्दानी हुन थालेपछि यसैलाई नै निरन्तरता दिँदै आएका छौँ । ’बालुवामा पानि उखुखेती हुन्छ र ? भन्दै काम गर्न हच्किनेहरू बालुवामै उखु फलाएर गतिलो आम्दानी लिन थालेपछि नदीले जग्गा बगाएका अरु परिवार पनि उखु खेतीमा आबद्ध भएका छन् । राना भन्छन्–‘उखुखेतीबाटै वार्षिक रुपमा तीन लाखदेखि पाँच लाख रूपैयाँसम्म खर्च कटाएर बचत गर्दै आएका छौँ ।”

बढी उत्पादन दिने उखुका नयाँ नयाँ जात खोजी गरी रोप्न थालेपछि आम्दानी पनि बर्सेनि बढ्दै जान थालेको उहाँको भनाइ थियो । “उखुबाट गतिलो आम्दानी मात्रै हात पारेका छैनौ” शुक्लाफाँटा नगरपालिका–१२ अगलीपट्टिका राम अवतार रानाले भने, “बगरमा उखु रोप्न थालेपछि नदीले बर्सेनि जग्गा कटानी गरेर दिने दुःखसमेत हटेर गएको छ ।”

परियोजाका कार्यक्रम संयोजक महेश घिमिरेका अनुसार कृष्णपुर, शुक्लाफाँटा, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा गरी ५४३ दशमलव दुुई बिघा जमिन र दोदा, स्याली, सनवोरालगायत नदीका बगरमा परियोजनाको सहयोगमा उखुखेती लगाउँदै आइएको छ ।

आव २०७७–७८ मा बगरमा लगाइएको उखुको उत्पादन ६३ हजार ७ सय ७२ क्विन्टल भएको थियो । यसबाट किसानले रु तीन करोड ३४ लाख ८० हजार ३०० आम्दानी गरेका छन् । आव २०७६–७७ मा ३८ दशमलव ६७ बिघामा उखु लगाइएकामा तीन करोड २१ लाख ९२ हजार ४ सयभन्दा बढी आम्दानी भएको थियो । यसवर्ष ६० बिघा बगरमा उखु विस्तार गरिएकाले उत्पादन बढ्ने उनले बताए ।

अहिले सबैभन्दा बढी बगरमा उखु खेती बेलौरी र पुनर्वासमा गरी २०१, लालझाडी गाउँपालिकामा १२३, शुक्लाफाँटामा ४० र कृष्णपुरमा आठ बिघामा उखु खेती हुँदै आएको छ । उखु खेतीलगायतमा परियोजनाले स्थानीय तहसँग मिलेर ५३ प्रतिशत रकम लगानी गरेको छ । संयोजक घिमिरेका अनुसार आब ०७७÷७८ मा उखुसँगै किसानले अन्तरबालीका रुपमा तेलहन, दलहन र आलु बालीको खेती गरेर रु १० लाख ९३ हजार आम्दानी गरेका थिए । उखु खेती गर्दै आएका किसानलाई आवश्यक तालिमको व्यवस्थाका साथै उन्नत उखु खेती सम्बन्धी नमुना प्रदर्शनका कार्यसमेत गरिँदै आएको छ ।

उखु खेतीका लागि आवश्यक औजार र उपकरणसमेत किसानलाई परियोजनाबाटै अनुदान स्वरुप उपलव्ध गराईएको छ ।” बगरमा तरकारी खेती गरेर मात्रै किसानले आब ०७७–७८ मा ६३ लाख ६० हजार रूपैयाँ आम्दानी लिएका थिए ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।