English

हास्यकलाकार सुबोध गौतम : ‘कलेज पढ्दा साइकल ब्वाई’



ओखलढुंगाको मोलुङ गाउँपालिका–१, कुन्तादेवीस्थित सरस्वती माध्यमिक विद्यालयबाट २०६४ मा एसएलसी (एसईई) दिएँ । एसएलसी पास मात्र हुन पाए, भन्ने लाग्थ्यो । तर, पहिलो श्रेणीमा पास गरेँ । नतिजापछि प्रफुल्लित थिएँ । राम्रो नतिजा आएर सबैलाई कहाँ पढौँ, के पढौँ हुन्छ । विज्ञान वा प्राविधिक विषय प्रायः ले पढ्छन्, तर पढाइमा पैसा खर्च नगर्ने सानैदेखि सोच थियो । सस्तो र सजिलो विषय मानविकी विषयको छनोट गरेँ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा पत्रकारिता र नेपाली विषय लिएर आईए (प्लसटु) भर्ना भएँ । क्याम्पस पढ्दा सबैको रमाइलो पल हुन्छ । तर, कलाकारितामा रुचि भएकाले साथीहरूसँग रमाइलो गरी कलेज पढ्न पाइनँ ।

अहिले जस्तो सेमेस्टर प्रणाली थिएन । वर्षेनि परीक्षा प्रणाली थियो । कक्षा नलिई परीक्षामा सहभागी हुन्थेँ । आईए र बीए पढ्दा एक दिन मात्र कक्षामा उपस्थित भएको थिए ।

त्यो दिन पकेट डायरी बोकेर कलेज गएको थिएँ । डेक्समा कपी नराखी खुट्टामै राखेर लेखेको थिएँ । सरले कलेज नआउने, आए पनि कपी, किताब नलिई आएको भनेर सुनाउनुभएको थियो । त्यो दिनदेखि क्याम्पस गइनँ । परीक्षा मात्र दिन गएँ ।

स्नातक तहमा राजनीतिशास्त्र र पत्रकारिता विषय हो । कलेज जाँदा राजनीतिमा लाग्ने डर थियो । कलेज नगए पनि परीक्षामा सहभागी हुन्थेँ । तर, स्नातक तहमा प्रयोगात्मक कार्य बनाउनुपर्ने थियो । घरमै मेहनत गरी बनाएँ ।

आईए पढ्दा तीन महिना साइकल ब्वाईको काम गरेँ । जनदिशा, गोरखापत्रको पत्रिकामा घर–घर पुर्याउथेँ।

स्नातक तहमा राजनीतिशास्त्र र पत्रकारिता विषय हो । कलेज जाँदा राजनीतिमा लाग्ने डर थियो । कलेज नगए पनि परीक्षामा सहभागी हुन्थेँ । तर, स्नातक तहमा प्रयोगात्मक कार्य बनाउनुपर्ने थियो । घरमै मेहनत गरी बनाएँ । जुनमा धेरै मेहनत गरेको थिएँ । प्रयोगात्मक कार्यको अंक पनि राम्रो आएको थियो । स्नातक अध्ययन गर्दा कलाकारितातिर पनि जमिसकेको थिएँ । समय व्यवस्थापन गर्नै समस्या पथ्र्यो ।

कलेज नगएपछि लभ पर्ने, साथीहरूसँग घुम्न जाने, रमाइलो गर्ने, कलेज बंक गर्ने जस्ता क्रियाकलाप हुने कुरै भएन । कलेजका साथी पनि सीमित र दीर्घकालीन छन् । आईए पढ्दा केदार गौतम साथी बन्नुभएको थियो । अहिले पनि उहाँसँग राम्रो सम्बन्ध छ । उहाँको सहयोगले आरआरबाटै आईए र बीएमा राम्रो (दोस्रो श्रेणी) अंकमा पास भएँ ।

पत्रकारिताबाट नै स्नातकोत्तर तह अध्ययन गर्ने सोच थियो । प्रवेश परीक्षामा पास पनि भएको थिएँ । तर, सेमेस्टर प्रणाली भएकाले समय दिन मुस्किल भएकाले भर्ना गरिनँ । त्रिभुवन विश्वविद्यालयबाट पाइभेट स्नातकोत्तर तह पढाइ सक्काएँ । यसरी क्याम्पस नगई बित्यो कलेज लाइफ ।

यो पनि…
यी हुन् उत्कृष्ट मावि, कुन कलेजमा कति छ शुल्क ?
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।