English

कामना सेवा फुटसल कपको उद्घाटन सम्पन्न



‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले आयोजना गरेको ‘पहिलो कामना सेवा फुटसल कप प्रतियोगिता’ को आज भव्य समारोहकाबीच उद्घाटन भएको छ । उद्घाटनपछि लिगचरणका खेलहरू शुरु भएका छन् ।

काठमाडौंको हाँडीगाउँस्थित धन्वन्तरी फुटसल मैदानमा भएको खेलको उद्घाटन युवा तथा खेलकुदमन्त्री माननीय महेश्वरजंग गहतराजले गरेका हुन् । । मन्त्री गहतराजले कोरोना महामारीको कारण विगत २ वर्षदेखि प्रभावित भएको खेलकुदका गतिविधिहरु सञ्चानल हुन थालेकोले खेलाडीहरुमा उत्साह जागेको बताए । उनले खेलकुदले मानिसलाई अनुशासित गराउनुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा बैंकले फुटसल प्रतियोगिता आयोजना गरेर निकै सह्रानीय कार्य गरेकोमा बैंकलाई धन्यवाद दिए ।

कामना सेवा विकास बैंकका अध्यक्ष श्री सुदीप आचार्यज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केटीएम सिटीका प्रमुख कार्यकारी अधिकृत श्री निमा शेर्पा, बैंकका नि. प्रमुख कार्यकारी अधिकृत श्री हरि प्रसाद लम्साल, एन्फाका प्रतिनिधि, खेलपाटी डट कमका प्रतिनिधिहरू, सहभागी टिमका खेलाडीलगायत विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूसमेत गरी २४ वटा टिम सहभागी भएका छन् । २४ वटा टिमलाई ६ समूहमा विभाजन गरिएको छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested