English

हट विङ्स किन्दा बक्सबाट कुखुराको पूरा टाउको निस्किएपछि



प्राय मानिसहरू ननभेज खान मन पराउँछन्। एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । यो घटना कुखुरा उत्पादनका लागि विश्व प्रसिद्ध केएफसीसँग सम्बन्धित छ। बेलायतकी एक महिलाले केएफसीबाट हट विङ्स अर्डर गरेकी थिइन् तर बक्स खोल्ने बित्तिकै उनको होस उड्यो ।

महिलाले बक्स खोल्ने बित्तिकै कुखुराको काटिएको टाउको देखेर छक्क परिन् । यसपछि आक्रोशित महिलाले तुरुन्तै यसको फोटो खिचेर सोसल मिडियामा पोस्ट गरिन्, त्यसपछि यो खबर भाइरल भयो । महिलाले सेयर गरेको तस्बिरमा कुखुराको आँखा र चुच्चो प्रस्ट देखिन्छ । यो देखेपछि सबै अचम्ममा पर्छन् कि यस्तो कसरी हुन सक्छ । आखिर के हो त थाहा पाउनुहोस्।

यो तस्बिर यति डरलाग्दो छ कि यो देखेपछि तपाईँले कुखुरा खान छोड्नुहुनेछ। यो तस्बिर ट्विटरमा Takeaway Trauma नामक एकाउन्टबाट शेयर गरिएको छ । यस सँगै लेखिएको छ कि यो गेब्रियलले केएफसीबाट हट विङ्स अर्डर गरेका थिए जसमा कुखुराको टाउको बाहिर आएको थियो। यो तस्बिर हेरेपछि सामाजिक सञ्जालमा मानिसहरूले आक्रोश पोखेका छन् ।

यो खबर सामाजिक सञ्जालमा भाइरल भएपछि केएफसीले स्पष्टीकरण दिएको छ । कम्पनीका तर्फबाट यो कुरा देखेपछि उनीहरू छक्क परेको बताएको छ । कम्पनीले महिलालाई परिवारसँग रेस्टुरेन्टमा आउन निम्तो दिएको छ । कम्पनीको तर्फबाट यो विषयलाई गम्भीरतापूर्वक लिएको र आगामी दिनमा यस्तो गल्ती नदोहोरियोस् भनेर पहल गरिने जनाएको छ ।

यस बाहेक कम्पनीले महिलालाई रेस्टुरेन्टमा आएर हाम्रो टोलीलाई भेटेर किचनको सम्पूर्ण प्रक्रिया आफ्नै आँखाले हेर्न, कसरी कुखुरा बनाउने भनेर सोधेको छ ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको